चुनाव जित्न गठबन्धनको भर परिन्न : प्रचण्ड

विदुर खबर २०७८ चैत ५ गते १७:२३

नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव जित्न अरुको भर नपर्ने बताएका छन् ।

Advertisement

प्रचण्डले ३० वैशाखमा हुने निर्वाचनलाई ब्याटलको रुपमा लिन कार्यकर्तालाई निर्देशन दिएका छन् । यो चुनाव हारेमा माओवादी र माओवादी आन्दोलनबाट भएका उपलब्धी गुम्ने भन्दै उनले निर्वाचनलाई जित्नैपर्ने ब्याटलको रुपमा लिन कार्यकर्तालाई आग्रह गरेका हुन् ।

यो निर्वाचन हामीले हार्‍यौं भने संविधान हार्नेवाला छ, हामीले हार्‍यौं भने गणतन्त्र हार्ने खतरा छ । जनयुद्धको उपलब्धीले हार्ने खतरा छ’ उनले भने, ‘त्यसकारण हाम्रो निम्ति यो ब्याटल हो, लडाइ हो, हामीले जित्नैपर्छ ।’ उनले कार्यकर्तालाई नसुतेरै भए पनि दुई महिना रात दिन खट्न निर्देशन दिए ।

Advertisement

माओवादीसँग विगतमा जस्तो मजबुत संगठन पनि नभएको भन्दै प्रचण्डले यो निर्वाचनलाई जीवन मरणको युद्ध बनाउन कार्यकर्तालाई आग्रह गरे । प्रचण्डले गठबन्धनको भर परेर ढुक्क नहुन पनि आग्रह गरे । माओवादी कमजोर भएमा गठबन्धन पनि काम नलाग्ने भन्दै उनले आफैं बलियो हुनुपर्ने बताए ।

गठबन्धनको भर परेर नसुत्नुहोला, आफैं जित्ने बनायो भने गठबन्धन पनि कामकाजी हुन्छ । आफू तयारी नगरी गठबन्धनको भर ग¥यो भने भन्न सकिँदैन भोलि के हुन्छ ?’ उनले भने, ‘हामी बलियो भएको देखेन भने गठबन्धन अन्त अन्त दौडिन बेर लाग्दैन ।’

Advertisement

प्रतिक्रिया