चुनाव जित्न गठबन्धनको भर परिन्न : प्रचण्ड
नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव जित्न अरुको भर नपर्ने बताएका छन् ।

प्रचण्डले ३० वैशाखमा हुने निर्वाचनलाई ब्याटलको रुपमा लिन कार्यकर्तालाई निर्देशन दिएका छन् । यो चुनाव हारेमा माओवादी र माओवादी आन्दोलनबाट भएका उपलब्धी गुम्ने भन्दै उनले निर्वाचनलाई जित्नैपर्ने ब्याटलको रुपमा लिन कार्यकर्तालाई आग्रह गरेका हुन् ।
यो निर्वाचन हामीले हार्यौं भने संविधान हार्नेवाला छ, हामीले हार्यौं भने गणतन्त्र हार्ने खतरा छ । जनयुद्धको उपलब्धीले हार्ने खतरा छ’ उनले भने, ‘त्यसकारण हाम्रो निम्ति यो ब्याटल हो, लडाइ हो, हामीले जित्नैपर्छ ।’ उनले कार्यकर्तालाई नसुतेरै भए पनि दुई महिना रात दिन खट्न निर्देशन दिए ।
माओवादीसँग विगतमा जस्तो मजबुत संगठन पनि नभएको भन्दै प्रचण्डले यो निर्वाचनलाई जीवन मरणको युद्ध बनाउन कार्यकर्तालाई आग्रह गरे । प्रचण्डले गठबन्धनको भर परेर ढुक्क नहुन पनि आग्रह गरे । माओवादी कमजोर भएमा गठबन्धन पनि काम नलाग्ने भन्दै उनले आफैं बलियो हुनुपर्ने बताए ।
गठबन्धनको भर परेर नसुत्नुहोला, आफैं जित्ने बनायो भने गठबन्धन पनि कामकाजी हुन्छ । आफू तयारी नगरी गठबन्धनको भर ग¥यो भने भन्न सकिँदैन भोलि के हुन्छ ?’ उनले भने, ‘हामी बलियो भएको देखेन भने गठबन्धन अन्त अन्त दौडिन बेर लाग्दैन ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया