टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै बेलकोटगढी नगरपालिका

नुवाकोट । बेलकोटगढी नगरपालिकाले लक्षित वर्गलाई प्रत्येक वडा कार्यालयमा नै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालिएको छ ।

बेलकोटगढी नगरपालिकाको वडा नं ८ जिलिङमा आज सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सुरु गरिएको कार्यक्रममा नगरप्रमुख राजेन्द्ररमण खनाल आफै उपस्थित भएर सरल, सहज र प्रभावकारी बनाउनको लागी खटिनुभएको छ ।
बेलकोटगढी नगरपािलकाले जेष्ठ नागरिक, अशक्त तथा अपांगता भएका ब्यक्ति लगायत लक्षित वर्गलाई पायक पर्ने स्थान र कानूनले निर्दिष्ट गरेर अनुसार सरल हुने गरेर सामाजिक सुरक्षा भत्ता बितरण गर्नको लागी आवश्यक व्यावस्थापन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद खतिवडाले मिलाउनुभएको छ ।
सोही अनुसार नगरप्रमुख राजेन्द्ररमण खनाल सहित जनप्रतिनिधिको टोली अहिले सामाजिक सुरक्षा भत्ता बापत राज्यबाट उपलब्ध रकम वितरणलाई सरल बनाउन खटिनुभएको हो ।
अहिलेसम्म नगरपालिकाले वडा नं २ मा १३७ जना, वडा नं ४ मा ३० जना, वडा नं ५ मा १५८ जना, वडा नं ६ मा ११० जना, वडा नं ७ मा १२० जना र वडा नं १२ मा १३० जना गरेर ६८५ अर्थात करीब सातसय जनालाई पुस मसान्तसम्मको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइसकेको छ ।
बैंकमा नै पुगेर रकम निकाल्न कठिनाई हुने अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता भएका व्यक्ति, अस्वस्थ नागरिकहरुको लागी वडा कार्यालय मार्फत उनीहरुको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएसगैँ यसअघिको समयमा समस्या भोग्दै आएकाहरु अहिले खुसी एंव सन्तुष्टि देखिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया