स्थानीय तहमा विकृति बढ्यो
स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको पाँच वर्ष पूरा हुनै लागेको छ । २०७४ सालमा सम्पन्न निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएर स्थानीय तहको नेतृत्व सम्हाल्दै गर्दा जनतामा उत्साह, उत्सुकता र अभिलाषा उर्लेको थियो । त्यति बेला जनताले शीघ्र सेवाका साथ तीव्र विकासको अनुभव गर्न पाउँछन् भन्ने आकांक्षा प्रबल रूपमा मुखरित भएको थियो । त्यो समयबाट वर्तमानसम्म आइपुग्दा पैसाकै खेल, विकासमा प्राथमिकता र योजना प्रक्रिया मिच्ने प्रवृत्ति कायमै रहेको देखिन्छ । स्थानीय तहका प्रमुखले कार्यपालिका बैठक छलेर आफूखुसी निर्णय गर्ने, वडामा वडाध्यक्षको मनोमानीलाई रोक्ने कुनै संरचना पनि नरहेको पाँच वर्षको अभ्यासले देखाएको छ ।
संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहबाट राज्य शक्तिको प्रयोग गर्ने व्यवस्था गरेको छ । यी तीनवटै सरकारको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको गठन तथा सञ्चालनका बारेमा संविधानमा सविस्तार उल्लेख भएको छ । संविधानले गरेको व्यवस्थालाई गहिरिएर केलाउँदा संघ र प्रदेश सरकारका अंगबीच शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित नियन्त्रण र सन्तुलनको विधिलाई अवलम्बन गरेको देखिन्छ । तर, स्थानीय तहको सैद्धान्तिक आधार फरक देखिन्छ । स्थानीय तहको कार्यपालिकाका प्रमुख नै व्यवस्थापिका अर्थात् सभाको अध्यक्ष रहने व्यवस्था संविधानले गरेको छ । यसबाट के प्रस्ट हुन्छ भने स्थानीय तहमा शक्तिको एकीकरणको सिद्धान्तलाई स्थापित गरिएको छ । यसबाट पनि स्थानीय तहका प्रमुख र वडाका प्रमुख जिम्मेवार बनाउन नसकेको, खबरदारी गरे पनि बेवास्ता गर्ने प्रवृत्ति रहेको छ । यसले गर्दा पनि स्थानीय तहमा अनेक बेथित र विकृति विसंगति देखापरेको देखिन्छ । निर्माण कार्यमा विलम्बता र कमसल गुणस्तरको रोग हट्न नसकेको, कर्मचारीमा संवेदनशीलता हराउँदै गएको पनि पाइन्छ । हरेक काम तजबिजीमा गर्ने गरिएको, कुनै प्रणाली बसाउन नसकेको जस्ता टिप्पणी स्थनीयस्तरमा छताछुल्ल छ । जतिसुकै आलोचना र खबरदारी गरे पनि यस्तो विकृति नहट्नुमा स्थानीय तहको माथि संरचनात्मक अवस्थाले पनि काम गरेको छ ।
त्यसै गरी, वर्तमान व्यवस्थाले वडाध्यक्षहरूको मनोमानी रोक्न पनि कुनै संरचनात्मक स्थिति छैन । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १२ ले वडा समितिहरूलाई विकास कार्यहरूको जिम्मेवारी दिएको छ । त्यस्तै, सोही ऐनको दफा ७३ को उपदफा ३ ले वडा समितिहरूमा बजेटको अख्तियारी पठाउने व्यवस्था गरेको छ । यी दुई व्यवस्थाले वडाध्यक्षलाई वडामा बढीभन्दा बढी बजेट ल्याउन प्रेरित गरेको छ । फलस्वरूप वडाध्यक्षहरू एकजुट भएर स्थानीय तहको कार्यपालिका बैठकमा प्रस्तुत हुने अभ्यास बलियो बन्दै गएको छ । खास गरी, बजेटका सवालमा नेतृत्वको मर्यादा नाघेर ‘सिन्डीकेट’ गर्न खोजेको देखिएको छ । जसरी साविकमा स्थानीय निकायहरू चलेका थिए, त्यही ‘लिगेसी’ ले अहिले काम गरिरहेको छ । केही पालिकालाई अपवाद छाडेर अधिकांश पालिका बैठकमै सीधै प्रस्ताव पेस गर्ने, माइन्युटमा निर्णय लेख्ने र माइन्युटमै प्रमाणित गर्ने कार्यशैली अवलम्बन भएको पाइएको छ ।
झन्डै पाँचवर्षे अवधिमा जनप्रतिनिधिले कर्मचारीलाई र कर्मचारीले जनप्रतिनिधिलाई दोष दिएर उम्कन खोजेको देखिन्छ । अतः संविधानमा लेखिँदा सुन्दर ठानिएको कार्यपालिकाको संरचना व्यवहारमा किन प्रभावकारी बन्न सकिरहेको छैन ? यसबारेमा बहस हुनुपर्छ । आवश्यक परे संविधान र ऐन कानुनमै सुधार गर्न दलहरु तयार हुनुपर्दछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया