भूमेदेवीका विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ निग्लेनीस्थीत भूमेदेवी आधारभुत विद्यालयमा स्टेसनरी सामाग्री वितरण गरिएको छ ।

विदुर नगरपालिका वडा नम्बर १ का व्यवसायी रोशन शाहले विद्यालयका बालबालिकाहरुलाई एक वर्षलाई पुग्ने स्टेसनरी सामाग्री र विद्यालयलाई चाहिने अत्याआवश्यक फोटोकपि पेपर उपलब्ध गराएको विद्यालयका प्रध्यानाअध्यापक नवराज न्यौपानेले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा स्थानिय दिपक तामाङले विद्यालयका विद्यार्थीहरुको परिचयपत्र बनाउन १० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गर्दै शाहले आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने बताए । कार्यक्रममा दाताहरुलाई सम्मान गर्नुका साथै तिहार विशेष कार्यक्रम समेत मनाइएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान तामाङ, अभिभावकहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
भूमेदेवीमा अध्यक्षसँग बाआमा तथा छोराछोरी कार्यक्रम सम्पन्न
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया