भूमेदेवीमा अध्यक्षसँग बाआमा तथा छोराछोरी कार्यक्रम सम्पन्न

विदुर खबर २०८२ भदौ ४ गते १८:३४

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ निग्लेनीमा रहेको भूमेदेवी आधारभुत विद्यालयमा गाउँपालिका अध्यक्षसँग बाआमा, छोराछोरी तथा बालबालिका कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ को प्रमुख आतिथ्यता तथा वडा नम्बर ५ का वडाध्यक्ष अशोक लामा तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाले राखेको आफ्नो वार्षीक कार्यक्रम अन्तर्गत भूमेदेवी आधारभुत विद्यालयले सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले आफु सधँै शिक्षक मैत्री रहेको भन्दै विद्यालयमा रहेका हरेका समस्याको सम्भब भएसम्म सबै समस्याहरुको समाधान गर्ने प्रतिबद्दता व्यक्त गरे ।

Advertisement

उनले चालु आवको बजेटबाट एक शिक्षक तथा एक विद्यालय एक ल्याइटप कार्यक्रम राखेकोले सबैले सो कार्यक्रमलाई सफल बनाउनुपर्ने बताए । अध्यक्ष अधिकारीले बालबालिका अभिभाबक सबैसँग नजिक रहिरहन आफुले गाउँपालिका अध्यक्षसँग बाआमा, छोराछोरी तथा बालबालिका कार्यक्रम राखेको उल्लेख गरे ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत सम्पुर्ण बालबालिकाहरुलाईस्टेसनरी सामाग्री समेत वितरण गरिएको थियो ।

Advertisement

कार्यक्रममा वडाध्यक्ष अशोक लामाले गाउँपालिका र वडाले विद्यालयको शैक्षिक विकासमा धेरै काम गरिरहेको बताए । उनले विद्यालयमा रहेका विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्न अभिभावक, शिक्षक र विद्यार्थी सबै लाग्नुपर्ने बताए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक नवराज न्यौपानेले विद्यालयको वास्तविक अवस्था, भाबी योजना तथा विद्यालयमा रहेका समस्याहरुको विषयमा पालिका अध्यक्षको ध्यानाकर्षण गराएका थिए । उनले विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरुवात गर्न लागेको तर शिक्षकको चरम अभाब रहेको बताए ।

प्रअ न्यौपानेले विद्यालयमा भएको कम्प्युटर अभाब तथा खेल तथा मनोरञ्जन सामाग्री समेत अभाब भएकोले पालिकावाट सहजीकरण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सन्तमान तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया