नुवाकोटको तादी खोलामा पौडी खेल्न गएका युवकको मृत्यु
विदुर खबर
२०८२ कार्तिक १ गते १८:४८
नुवाकोट । नुवाकोटको तादी खोलामा पौडी खेल्न गएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर ३ वस्ने समिर बाँनिया रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
शनिवार विहान तादी गाउँपालिका वडा नम्बर ५ आप्रस्थित तादी खोलामा पौडी खेल्ने क्रममा उनी डुबेर सक्त घाईते भएका थिए ।
उनलाई स्थानिय एक मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौका ग्रान्डी अस्पताल लगिएको थियो । त्यसै समयमा उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा काठमाण्डौमा रहेको ग्रान्डी अस्पतालमा दिउँसो करिव ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित
नुवाकोट १ मा कांग्रेसका महतले अग्रता बनाए
नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका डा. लामिछाने विजयी
रसुवामा कांग्रेसका माेहन आचार्य विजयी





प्रतिक्रिया