नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा छनोट

नुवाकोट । नेपाली क्रिकेट इतिहासमा अर्को ठुलो सफलता थपिएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ ।

ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी२० विश्वकपमा स्थान पक्का गरेको हो ।
सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दश वर्षको प्रतिक्षापछि २०२४ मा दोस्रो पटक खेलेको थियो । त्यसपछि भने नेपालले धेरै कुर्न नपर्ने भएको छ ।
सन् २०१४ मा बंगलादेशमा टी२० विश्वकपमा डेब्यु गरेपछि नेपाली क्रिकेटमा क्रान्ति सुरु भएको थियो र त्यसपछि नेपालले लगातार विश्वकप खेल्ने अनुमान थियो । तर नेपालले सोचेअनुसार प्रदर्शन गर्न सकेन । पहिलो पटक विश्वकप खेलेपछि नेपालले दश वर्षपछि मात्र सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी२० विश्वकपमार्फत पुनरागमन गरेको थियो ।
यस पटक नेपाली टोली, नेपाल क्रिकेट संघ, समर्थक सबैमा नेपालले टी-२० विश्वकपमा स्थान बनाउने आत्मविश्वास सुरुदेखि ने थियो । अझ त्यसमा पनि दुई पटकको टी-२० विश्वकप विजेता टेष्ट राष्ट्र वेष्ट इन्डिज विरुद्ध ऐतिहासिक टी-२० सिरिज खेलेर नेपालले विश्वकप छनोटको तयारी गरेको थियो ।
यूएईको सारजहामा भएको वेष्ट इन्डिज विरुद्धको तीन खेलको टी-२०आई सिरिज २-१ ले जितेर नेपाल उच्च मनोबलका साथ ओमान पुगेको थियो । नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैको ध्यान तानेको थियो । छनोटमा पनि सबैको नजर नेपाली टिममा थियो ।
यसअघि टी२० विश्वकप छनोट संरचना केही परक थियो । एसिया र इएपीको टिम राखेर सँगै छनोट खेलाइएको थियो । जसमा एसियाबाट ६ र इएपीबाट ३ गरी ९ टिम सहभागी थिए । एसियाका ओमान रनेपालसँगै इएपीका पपुवा न्यु गिनीले अघिल्लो विश्वकप खेलेको आधारमा सिधै अन्तिम चरणको छनोट खेल्न पाएका थिए ।
बाँकी टिमहरु युएई, कतार, मलेसिया, कुवेतसँगै जापान र सामोह भने आफ्नो क्षेत्रमा सब रिजनल छनो६ खेलेर एसिया र इएपीको अन्तिम चरणको छनोटमा पुगेका थिए । यी ९ टोलीबाट शीर्ष ३ टिम विश्वकप पुग्ने प्रावधान थियो ।
९ टिमलाई ३-३ टिम रहने गरी तीन समूहमा विभाजन गरिएको थियो । सिंगल राउण्डको समूह चरणको खेलपछि सुपर सिक्स फर्म्याटमा खेलाइएको थियो ।
समूह चरणमा दुई खेल जितेर सुपर सिक्स पुगेको नेपालसँग २ अंक बोनस थियो । घरेलु टोली ओमान र युएई पनि समूह चरणमा अपराजित रहँदै २-२ अंक जोडेको थियो । सुपर सिक्समा सुरुवाती दुई खेलम युएई र कतारलाई हराएर नेपाल विश्वकप पुग्न बलियो अवस्थामा थियो ।
तेस्रो खेलमा ओमानसँग खेल्नुअघि आफु अनुकल नतिजा बउँदा नेपालले दुई खेल अगावै विश्वकपमा स्थान बनाएको हो । बुधबार कतारले जापानलाई तथा युएईले समाओलाई हराएपछि नेपाल र ओमान दुई खेल अघि नै विश्वकपको टिकट काट्न सफल भए । ३ खेलबाट नेपाल र ओमानको समान ६ अंक छ । नेटरनेटका आधारमा ओमान अघि छ ।
अब युएई र जापान मध्ये एक टिमको मात्र ६ अंक पुग्नेछ । त्यसैले नेपाललाई कुनै फरक पर्दैन । अब नेपाल र ओमानबीचको खेलको नतिजाले एक टिमको अपराजित यात्रा भने टुङ्गिनेछ । जित्ने टिम भने छनोटको च्याम्पियन बन्ने यात्रामा अघि बढ्नेछ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया