विद्यालयको जग्गामा दुग्ध प्रशोधन केन्द्र निर्माण शुरु गरिएपछि स्थानीयको विरोध

नुवाकोट । विद्यालय रहेको जग्गामा दुग्ध प्रशोधन केन्द्र निर्माण गर्न लागिएकोमा नुवाकोटको विदुर नगरपालिका वडा नं ६ र ४ का स्थानीयले विरोध जनाएका छन् ।

विदुर नगरपालिका वडा नं ६ को ईनारपाटीमा रहेको तत्कालिन सुन्दरादेवि प्रावि रहेको स्थानमा दुग्ध प्रशोधन केन्द्र निर्माण शुरु गरिएपछि स्थानीयले विरोध गरेका हुन् ।
थमिक तहसम्म सञ्चालन भईरहेको विद्यालय २०७२ को भूकम्पले भवन भत्किएपछि नजिकैको महालक्ष्मी प्राविमा मर्ज भएको थियो । भवन भत्किएको र विद्यार्थी संख्या न्युन रहेको कारण देखाउँदै विद्यालय मर्ज गरिएपछि जग्गा खाली रहेको थियो ।
खाली वसेको जग्गामा विदुर नगरपालिकाले विदुर ३ मा रहेको फिर्केप सामुदायिक विकास सहकारी संस्थालाई दुग्ध प्रशोधन केन्द्रको भवन निर्माणका लागि अनुमति दिएको हो । तर, स्थानीय बासिन्दाले भने स्थानीयसँग समन्वय नै नगरी नगरपालिकाले एकलौटी रुपमा कार्य शुरु गरेको जनाएका छन् ।
यहाँको समुदाय विशेष गरी कुमाल जातीका वालवालिकालाई शिक्षा दिन भनेर हामीले जग्ग्गादान गरेका हौं,’ २०५० सालमा विद्यालयलाई जग्गादान गरेका स्थानीय जुलुम कुमालले भने– ‘भूकम्पपछि भत्किएको विद्यालय भवन बनाईएन, अहिले आएर दुग्ध चिस्यान केन्द्रको भवन निर्माण थालिएको छ, विद्यालयका लागि दिईएको जग्गामा पुन ः विद्यालय भवन नै बन्नुपर्ने हाम्रो माग हो । अर्का जग्गाधनी श्रीकृष्ण कुमालले थपे–‘पिछडिएको कुमाल समुदायका बालबालिका पढाउन भनेर दिईएको जग्गामा अहिले हामी जग्गादातालाई थाहा नै नदिई अर्को प्रयोजनका लागि भवन बनाउन लागियो, हामी यसको विरोध गर्दछौं ।’

यस स्थानमा विद्यालय नै पुनः सञ्चालन गरिनुपर्ने स्थानीय अगुवाहरुको मंगलवार सम्पन्न भेलाले निर्णय गरेको छ । ‘भूकम्पपछि यस क्षेत्रमा वस्ती झनै बढेको छ, यहाँको आवस्यकता विद्यालय नै हो’ –स्थानीय अगुवा टंक केसीले भने । स्थानीयवासिन्दाको भेलाले दुग्ध प्रशोधन केन्द्र निर्माण रोकेर विद्यालय नै पुनः सञ्चालनको निर्णय गरेकोले बुधवार नै वडा कार्यालय र विदुर नगरपालिकामा यससम्बन्धी जानकारी गराईने अर्का सामाजिक अगुवा रामप्रसाद जोशीले बताए ।
‘२०५० सालमा विद्यालयले अस्थायी स्विकृती मात्र पाएकोले जग्गा विदुर नगरपालिकाको नाममा पास गरिएको स्मरण गर्दै तत्कालिन वडाध्यक्ष भरत सडौंलाले भने– ‘मेरै पहलमा जग्गादाता खोजिएको थियो, विद्यालयको नाममा जग्गा पास गर्न नमिलेकोले नगरपालिकाको नाममा जग्गाा पास गरेर दुई दशक भन्दा बढि विद्यालय सञ्चालन भएको स्थानमा हाल अर्को प्रयोजनको भवन निर्माण गरिनु हुँदैन ।’
स्थानीयको भेलामा आईपुगेका फिर्केप सामुदायिक विकास सहकारी संस्थाका अध्यक्ष रामबहादुर खड्काले संस्थाले दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि नगर क्षेत्रभित्र जग्गा खोजी गर्दा नगरपालिकाको स्वामित्वमा रहेको यो जग्गा फेला परेकोले काम शुरु गरेको प्रतिकृया दिए । ‘
वागमती प्रदेश सरकारको अनुदानमा नगरपालिकाको स्विकृतीमा जग्गा प्राप्ती र भवन निर्माण शुरु भएको हो–खड्काले भने–स्थानीयको मागमा हाम्रो संस्थाको अवरोध होईन, स्थानीय समुदाय, सहकारी संस्था र नगरपालिकाको संयुक्त साझेदारीमा विवाद अन्त्य गर्न चाहन्छौं ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया