नुवाकोटमा संगठन विस्तारमा केन्द्रित हुँदै एकिकृत समाजवादी
नुवाकोट । नुवाकोटको विभिन्न स्थानिय तहमा नेकपा एकीकृत समाजवादीले संगठन विस्तारलाई तिव्रता दिएको छ ।

संगठन विस्तार अभियान अन्तर्गत शनिवार विदुर, वेलकोटगढि, पन्चकन्या र शिवपुरि गाउँपालिकामा वडा स्तरिय कमिटिहरु गठन गरिएको छ । पन्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रमेश सिटौलाको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा केशव गिरि, कान्छि तामाङ र हित वहादुर तामाङ चयन भएका छन् । वसन्त पाण्डे सचिव रहेको कमिटि ३१ सदस्यिय बनेको छ ।
कार्यक्रममा पार्टी उपाध्यक्ष शान्ता थापा अधिकारी, प्रदेश कमिटि सदस्य राजेश थापा, नेताहरु श्रीकृष्ण खतिवडा, लेखप्रसाद वोहरा लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
त्यसैगगरि शिवपुरी गाँउपालिका वडा नम्बर ३ मा विष्णु तामाङको अध्यक्षतामा २१ सदस्यिय वडा कमिटि गठन भएको छ ।
उपाध्यक्षमा शक्कुल थापा, विमला वस्नेत र वीर वहादुर तामाङ चयन भएका छन । सचिवमा मनोज पौडेल र उप–सचिवमा प्रकाश के.सि चयन भएका छन।
त्यसैगरि शिवपुरी वडा नम्बर ३ मानै युवा संघ वडा कमिटिको संयोजक प्रकाश केसि सहसंयोजक पुरुषोत्तम थापा र सरिता तामङ सचिव रहेको ११ सदस्यिय वडा कमिटि गठन भएको हो छ । कार्यक्रममा पार्टी सचिव पदम उप्रेती लगायतको उपस्थितिमा नेपाली कांग्रेसका ३० जना नेता तथा कार्यकता नेकपा एस प्रवेश गरेका थिए ।
यसैगरि विदुर नगरपालिका वडा नम्बर ९ मा वडा पनि वडा कमिटि निर्माण भएको छ । कमिटिको ईन्चार्जमा रामशरण रिजाल अध्यक्ष धनकुमारि रिजाल र सचिवमा अस्मिता खड्का रिजाल रहेको ३१ सदस्यिय वडा कमिटि गठन गरिएको छ ।
त्यस्तै वेलबोटगढि नगरपालिका वडा नम्बर १२ मा एसको वडा कमिटि निर्माण गरिएकोे छ । कमिटिको अध्यक्षमा दिपक शेखर रैला, उपाध्यक्षमा रामप्रसाद पाण्डे, कृष्ण वहादुर पाण्डे र सचिवमा सरिता लोहनि सिलवाल चयन भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया