त्रिशुली अस्पतालका अध्यक्ष न्यौपानेलाई कायम राख्न सर्वाेच्चको आदेश

विदुर खबर २०७८ फागुन १३ गते १९:०७

नुवाकोट । बागमती प्रदेश सरकारले हटाएको नुवाकोटको त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद न्यौपानेसहित अन्य तीन जिल्लाका अस्पताल प्रमुखलाई काम गर्न दिन सर्वाेच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

Advertisement

शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीस हरिप्रसाद फुयाँलको एकल इजलासले बागमती प्रदेशअन्तर्गतका चार वटा अस्पतालका अध्यक्षका पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको अन्तरिम आदेश पाएका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरूमा नुवाकोटको त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, रसुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइकेल, भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल र धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला क्षेत्री रहेका छन ।

Advertisement

चार जिल्लाका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आफूलाई हटाउने निर्णय विरुद्ध सर्वाेच्च गएका थिए । उनीहरुले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय, सामाजिक विकास मन्त्रालय र प्रदेशका स्वास्थ्यमन्त्री विरुद्ध रिट दायर गरेका थिए ।

चार अस्पताल व्यवस्थापन समितिका अध्यक्षले अन्तरिम आदेश पाएका छौं,’ त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले विदुर खबरसँग भने । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले एमाले र माओवादीका तर्फबाट नेकपाकालीन सरकारका समयमा नियुक्त भएका प्रदेशअन्तर्गतका २६ वटा अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु हटाएका थिए ।

Advertisement

जसमा अहिले पनि सत्तासाझेदार दल रहेको माओवादी केन्द्रनिकट अध्यक्षहरु पनि थिए । माओवादी केन्द्रको असन्तुष्टिपछि मन्त्री लामाले माओवादी केन्द्र निकट अध्यक्ष रहेका अस्पतालहरुको अध्यक्ष नियुक्तिमा केही समय ढिलाइ गरेका थिए ।

सर्वोच्चको हटाइएको अध्यक्षहरुको पक्षमा अन्तरिम आदेशसँगै शुक्रबार बागमतीको स्वास्थ्य मन्त्रालयको नियुक्त गरेका अध्यक्षहरूको नियुक्ति अनिश्चित बनेको छ ।

प्रतिक्रिया