विश्वकप छनोटमा नेपाललाई तेस्रो स्थान
नुवाकोट । नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा तेस्रो स्थान हात पारेको छ । नेपालले ओमानविरूद्धको प्ले अफ खेल सजिलै ९ विकेटले आफ्नो पक्षमा पार्यो । ८८ रनको लक्ष्य नेपालले १६.२ ओभरमा पूरा गर्यो ।

ओपनर कुशल भुर्तेल ५५ र आरिफ शेख २१ रन बनाई अविजित रहे । कुशलले ५३ बल खेली ३ चौका र २ छक्का तथा आरिफले २७ बल खेली १ चौका प्रहार गरे । ओमान भ्रमणमा आसिफ शेखको कमजोर प्रर्दशन जारी नै रह्यो । उनी १५ रन बनाई ओमानका कप्तान जिशान मक्सुदको बलमा आउट भए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टोली ओमानले पुरा २० ओभर खेली ९ विकेट गुमाई ८७ रनमात्र बनाउन सकेको थियो । ओपनर जतिन्दर सिंहलाई दोस्रो ओभरमा २ रनमा रनआउट गरि नेपालले खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा राखेको थियो । कश्यप प्रजापति ५, शोएब खान ३, मोहम्मद नदिम १ रनमै आउट भए ।
कप्तान जिशान मक्सुदले सर्वाधिक २१ रन बनाए । उनले २८ बल खेली ३ चौका प्रहार गरे । अयान खान १६ र निशाम खुशी १५ रनमा आउट भए । कलिमुल्लाह एक छक्का प्रहार गर्दै १४ रनमा अविजित रहे ।
कप्तान सन्दीप लामिछाने पून एकपटक नेपालको प्रमुख बलरमा रहे । उनले ४ ओभरमा १३ रनमात्र खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा र सागर ढकालले १–१ विकेट लिए ।
नेपाल सेमिफाइनलमा मंगलबार यूएईसँग ६८ रनले पराजित भएर विश्वकप दौडबाट बाहिरिएको थियो । ओमान पनि आयरल्यान्डसँग अर्को सेमिफाइनलमा सजिलै ५६ रनले पराजित भएको थियो ।
नेपाली टोलीमा जितेन्द्र मुखियाको स्थानमा सागर ढकाललाई खेलाइएको थियो । देव्रेहाते स्पिनरको सागरको ओमान भ्रमणमा यो दोस्रो खेल हो । ओमानसँग चारदेशीय शृंखलाबाट सागरले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।
ओमान भ्रमणमा नेपालले ओमानलाई लगातार तेस्रो पटक पराजित गरेको हो । चारदिवसीय ट्वान्टी–२० शृंखलमा नेपालले फेब्रुअरी ११ मा ओमानलाई ६ विकेटले र फेब्रुअरी १८ मा विश्वकप छनोटको पहिलो खेलमा ३९ रनले पराजित गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया