रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ७९ पुग्यो
विदुर खबर
२०७८ माघ ९ गते १८:१६

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ७९ पुगेको छ ।

शनिबार ७ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या ७९ पुगेको हो । स्वास्थ्य कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिकामा ५०, गोसाइकुण्डमा ७, उत्तरगयामा १८, नौकुण्डमा ३ र आमाछोदिङ्मिोमा १ जना संक्रमित रहेका छन् । सबै संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार ४ सय १६ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार ३ सय ३५ जना निको भएका छन् । जिल्लामा हालसम्म ४ हजार ९ सय ९० वटा स्वाव संकलन गरिएकोमा ३ हजार ५ सय ७४ नेगेटिभ र १ हजार ४ सय १६ पोजेटिभ आएको थियो ।
सम्बन्धित
प्रतिक्रिया