रसुवामा कोरोना संक्रमित बढ्दै

विदुर खबर २०७८ माघ ६ गते १८:५४

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । 

Advertisement

बुधबार २७ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या ५५ पुगेको हो ।  स्वास्थ्य कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिकामा ३९, गोसाइकुण्डमा ३, उत्तरगयामा ११ र नौकुण्डमा २ संक्रमित रहेका छन् ।  सबै संक्रमित होम आइसोलेसनमा बसेका छन् । 

रसुवामा हालसम्म १ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार ३ सय ३१ जना निको भएका छन् । जिल्लामा हालसम्म ४ हजार ९ सय ३३ वटा स्वाव संकलन गरिएकोमा ३ हजार ५ सय ४५ नेगेटिभ र १ हजार ३ सय ८८ पोजेटिभ आएको थियो । 

Advertisement

प्रतिक्रिया