लायन बचत तथा ऋण सहकारीले साढे १३ लाख नाफा कमायो

विदुर खबर २०७८ पुष २४ गते २०:५९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको लायन बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा झण्डै साढे १३ लाख नाफा कमाएको छ ।

Advertisement

सहकारीको १४ औ वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष कुवेरमान श्रेष्ठले सहकारीको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दे सहकारीले आर्थिक वर्ष २०७७÷७८ मा खुद नाफा १३ लाख ४३ हजार २ सय ३४ रुपैयाँ नाफा कमाउन सफल भएको बताए ।
संस्थामा गत आवको अन्त्य सम्ममा सेयर पँुजी २ करोड बाईस लाख ४० हजार ६ सय रुपैयाँ, बचत १२ करोड ५८ लाख रुपैया र कर्जा लगानी ९ करोड २२ लाख रुपैयाँ रहेको अध्यक्ष श्रेष्ठको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै कोषाध्यक्ष ध्रुवप्रसाद ढकालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा अनुसार संस्थाले चालु आर्थिक वर्षमा १९ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गर्ने अनुमान गरेको छ । सहकारीले आर्थिक वर्ष २०७७÷७८ सम्ममा सहकारीको कुल चुक्ता शेयर पूजी २ करोड २द्द लाख ४० हजार ६ सय पुराएको छ ।

Advertisement

यस्तै बचततर्फ आर्थिक वर्ष २०७७÷७८ मा संस्थाले १३ करोड १७ लाख १६ हजार ३ सय १२ रुपैयाँ र कर्जा लगानीतर्फ १० करोड २५ लाख ४० हजार रुपैयाँ लगानी भएको छ ।

वि.स २०६४ सालमा “बचत गर्नु भविष्यको आधार,तपाईको योजना लायन बचतले पार्छ साकार,त्यसैले बचत गर्ने बानी बसालौ” भन्ने नारा लिएर स्थापना भएको सहकारीमा अहिले ४ सय ७० महिला र ५ सय ६७ जना पुरुषगरि एकहजार ३७ जना सेयर सदस्य रहेका छन् ।

Advertisement

सहकारीले साधारणसभाको अवसर पारेर उत्कृष्ट ऋणकर्ता, बचतकर्ता, बालबचत कर्ता, गतवर्ष सम्पन्न एसईईमा उत्कष्ट नतिजा हासिल गर्ने शेयर सदस्यका छोराछोरीहरुलाई समेत सम्मान गरेको सहकारीका व्यवस्थापक ज्ञानेश्वर अमात्यले जानकारी दिए ।

प्रतिक्रिया