लायन बचत तथा ऋण सहकारीले साढे १३ लाख नाफा कमायो
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको लायन बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा झण्डै साढे १३ लाख नाफा कमाएको छ ।

सहकारीको १४ औ वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष कुवेरमान श्रेष्ठले सहकारीको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दे सहकारीले आर्थिक वर्ष २०७७÷७८ मा खुद नाफा १३ लाख ४३ हजार २ सय ३४ रुपैयाँ नाफा कमाउन सफल भएको बताए ।
संस्थामा गत आवको अन्त्य सम्ममा सेयर पँुजी २ करोड बाईस लाख ४० हजार ६ सय रुपैयाँ, बचत १२ करोड ५८ लाख रुपैया र कर्जा लगानी ९ करोड २२ लाख रुपैयाँ रहेको अध्यक्ष श्रेष्ठको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै कोषाध्यक्ष ध्रुवप्रसाद ढकालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा अनुसार संस्थाले चालु आर्थिक वर्षमा १९ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गर्ने अनुमान गरेको छ । सहकारीले आर्थिक वर्ष २०७७÷७८ सम्ममा सहकारीको कुल चुक्ता शेयर पूजी २ करोड २द्द लाख ४० हजार ६ सय पुराएको छ ।
यस्तै बचततर्फ आर्थिक वर्ष २०७७÷७८ मा संस्थाले १३ करोड १७ लाख १६ हजार ३ सय १२ रुपैयाँ र कर्जा लगानीतर्फ १० करोड २५ लाख ४० हजार रुपैयाँ लगानी भएको छ ।
वि.स २०६४ सालमा “बचत गर्नु भविष्यको आधार,तपाईको योजना लायन बचतले पार्छ साकार,त्यसैले बचत गर्ने बानी बसालौ” भन्ने नारा लिएर स्थापना भएको सहकारीमा अहिले ४ सय ७० महिला र ५ सय ६७ जना पुरुषगरि एकहजार ३७ जना सेयर सदस्य रहेका छन् ।

सहकारीले साधारणसभाको अवसर पारेर उत्कृष्ट ऋणकर्ता, बचतकर्ता, बालबचत कर्ता, गतवर्ष सम्पन्न एसईईमा उत्कष्ट नतिजा हासिल गर्ने शेयर सदस्यका छोराछोरीहरुलाई समेत सम्मान गरेको सहकारीका व्यवस्थापक ज्ञानेश्वर अमात्यले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया