उपाधिका लागि नुवाकोट युनाइटेड र न्यु स्टार क्लब भिड्ने

विदुर खबर २०७८ पुष १७ गते ९:४६
फाईल फोटो ।

नुवाकोट । नुवाकोटमा जारी जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधिको लागि डिफेन्डीङ च्याम्पीयन नुवाकोट युनाइटेड फुटवल क्लब र न्यु स्टार क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।

Advertisement

शनिवार दिउँसो हुने फाइनल खेलमा डिफेन्डीङ च्याम्पीयन नुवाकोट युनाइटेड फुटवल क्लब लगातार दोस्रो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रदैछ भने न्यु स्टार क्लब भने पहिलो उपाधिको खोजिमा हुनेछ ।

नुवाकोट युनाइटेड फुटवल क्लबले न्यु भिजन युथ क्लबलाई पराजित गरि फाइनल प्रवेश गरेको हो भने न्यु स्टार क्लबले तप्त युवा क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

Advertisement

नुवाकोट फुटवल संघको आयोजनामा भइरहेको प्रतियोगितामा १० क्लबले सहभागीता जनाएका छन् ।

Advertisement

प्रतिक्रिया