श्री गोसाइँकुण्ड युवा क्लबको अध्यक्षमा डंगोल

विदुर खबर २०७८ पुष ११ गते ११:३९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० बेत्रावती बजारमा रहेको श्री गोसाइँकुण्ड युवा क्लबको अध्यक्षमा सुवास डंगोल निर्वाचित भएका छन् ।

Advertisement

क्लबको शनिवार भएको २५ औं बार्षिक साधारणसभा तथा अधिबेशनले डंगोलको नेतृत्वामा निर्विरोध रुपमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा रोजिना डङोल, कोषाध्यक्षमा बिबश डङोल, सचीव ईश्वर थापा र सह–सचिवमा सुजन लवट चयन भएका छन् ।

Advertisement

यस्तै सदस्यहरुमा पुर्णलाल डङोल, सुरेशबाबु डङोल, सस्मिता तामाङ, पुर्णबहादुर डङोल, ज्ञानबहादुर डङोल, रजनी डङोल रहेका छन् । विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेश नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष अष्टमान डङोल, पुर्बअध्यक्ष सुरज लवट तथा पुर्णबहादुर डङोल, समाजसेवी मङलदास लवट, ईश्वरलाल श्रेष्ठ, सोमलाल लवटले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै कार्यक्रममा कोषाध्यक्ष बिबश डङोलले आ.ब २०७७÷०७८ को आर्थिक प्रतिवेदन तथा अध्यक्ष ज्ञानकुमार डङोलले बार्षिक गतिविधि तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

Advertisement

बेत्रावती बजारमा रहेको क्लबले सो क्षेत्रको हकहितको लागी कृयाशिल रहदै हरेक किसिमका सामाजिक कार्यहरू गर्दै आइरहेको छ भने प्रत्यके वर्ष माघे संक्रातिको अवसर पारेर गोरु जुधाउने कार्य गर्दे आइरहेको छ ।

प्रतिक्रिया