नुवाकोटमा जिल्ला लिग फुटवल प्रतियोगिता शुरु, उद्घाटन खेलमा न्यु भिजन विजयी
नुवाकोट । नुवाकोट फुटवल संघको आयोजनामा बुधबारदेखि जिल्ला लिग फुटवल प्रतियोगिता शुरु भएको छ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यु भिजन युथ क्लब रातमाटेले विजयी शुरुवात गरेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा भएको खेलमा देविघाट जालपा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दे न्युज भिजनले विजयी शुरुवात गरेको छ । न्यु भिजनको लागि खेलको ६५ औ मिनेटमा राजेन्द्र लामाले गोल गर्दै टोलीलाई जित दिलाएका हुन् ।

खेलमा निर्णायक गोल गरेका राजेन्द्र नै म्यान अफ दि म्याच घोषित भए । उनले म्यान अफ दि म्याच भएवापत टफ«ी प्राप्त गरे । जितसँगै सहुम ए मा रहेको न्यु भिजन युथ क्लबले ३ अंक जोडेको छ ।

प्रतियोगिता अन्र्तगत बिहिबार तीन खेल हुनेछन । बिहिबारको पहिलो खेलमा युनिक व्वाईजविरुद्ध थ्रिडी युवा क्लबले खेल्नेछ भने दोस्रो खेलमा कोलनी युथ सर्कलविरुद्ध पिपलटार फुटवल क्लबले प्रतिष्पर्धा गर्नेछ ।
त्यस्तै तेस्रो खेलमा डिफेन्डिङ च्याम्पीयन नुवाकोट युनाइटेड फुटवल क्लबले तप्त युवा क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

१० क्लबले सहभागिता जनाएको प्रतियोगिता लिगकम नकआउटका आधारमा संचालन हुने नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारले बताए । १० क्लबलाई दुई समुह बनाईको छ ।

समुहका विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्ने नुवाकोट फुटवल संघका माहासचिव विष्णु चालिसेले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया