इन्डोनेसियाको लोम्बोकमा फेरि दुई ठूला भूकम्प

इन्डोनेसिया, इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आज साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको छ । दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा यस्तै ठूला भूकम्पले चार सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार आइतबार साँझको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको छ भने आजै साँझको अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् ।
एपीका एकजना स्थानीय संवाददाताका अनुसार लगातारका भूकम्प र परकम्पका कारण मानिसमा भागदौड मच्चिएको र विद्युत सेवा कटौती भएको छ । तथापि धनजनको क्षतिको विवरण प्राप्त भइसकेको छैन । लोम्बोकमा यही अगष्ट ५ मा (१४ दिन अघि) गएको ७.० रेक्टर स्केलको भूकम्पमा परी ४६० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका कारण लाखौं मानिस अझै विस्थापित अवस्थामा छन् । इन्डोनेसियाको पूर्वी क्षेत्र भूकम्पीय जोखिमका रुपमा चर्चित छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया