रसुवाको जनसंख्या ४५ हजार ५ सय ५४ पुग्यो

विदुर खबर २०७८ पुष १ गते २१:२२

रसुवामा १० वर्षमा २ हजार २ सय ५४ जनसंख्या थपिएको छ ।

Advertisement

यो थप भएसँगै जिल्लाको कुल जनसंख्या ४५ हजार ५ सय ५४ पुगेको छ । प्रारम्भिक तथ्यांक अनुसार जिल्लामा २२ हजार ८ सय ५९ पुरुष र २२ हजार ६ सय ९५ महिला रहेका छन् ।

जिल्ला जनगणना कार्यालय रसुवाका अनुसार जिल्लाको औषत वार्षिक जनसंख्या वृद्धिदर ०.००४८ रहेको छ । २०६८ सालको जनगणना अनुसार जिल्लाको औषत वार्षिक जनसंख्या वृद्धिदर मानइस ०.३ प्रतिशत रहेको थियो ।

Advertisement

तथ्यांक अनुसार नौकुण्डमा १२ हजार ९५, कालिकामा १० हजार १ सय ७२, उत्तरगयामा ८ हजार ५ सय ७१, गोसाइँकुण्डमा ८ हजार ४३ र आमाछोदिङ्मोमा ६ हजार ६ सय ७३ जनसंख्या रहेको छ । अहिले प्रारम्भिक तथ्यांक आएको र केही प्राविधिक त्रुटि भएको रहेछ भने तथ्यांकमा केही परिवर्तन हुनसक्ने जिल्ला जनगणना अधिकारी कपिल धितालले बताउनुभयो ।

राष्ट्रिय जनगणना २०७८ को अभियान कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन गरिएको थियो । जिल्लामा २०३८ मा ३० हजार २ सय ४१, २०४८ मा ३६ हजार ७ सय ४४, २०५८ सालमा ४४ हजार ७ सय ३१ र २०६८ मा ४३ हजार ३ सय जनसंख्या रहेको थियो ।

Advertisement

प्रतिक्रिया