हङकङमा हुने महिला टी-२० मा खेल्दै क्रिकेटर सीता
नुवाकोट । नेपाली राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान सीता राना मगरले हङकङ्गमा आयोजना हुने महिला टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन्।

हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ का लागि उनी छनोट भएको क्विन्स इभेन्ट म्यानेजमेन्टले जनाएको छ।
विदेशी महिला टी-२० खेल्ने उनी पहिलो नेपाली खेलाडी समेत बनिन्। फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त महिला टी-२० क्रिकेट प्रतियोगिता भएको बताइएको छ। प्रतियोगितामा १ देखि १५ मे मा आयोजना हुने जनाइएको छ।
६ टोली सहभागी हुने प्रतियोगितामा विश्वका विभिन्न देशबाट छनोट भएका महिला खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ। जसमा चर्चित भारतीय खेलाडी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर लगायत विश्व चर्चित खेलाडीको सहभागिता रहने छ।
यद्यपि सीता राना मगरले कुन टिमबाट खेल्ने भन्ने तय भने भएको छैन। र उनले कुन टिमबाट प्रतिस्पर्धा गर्ने भन्ने तय आयोजक आफैले गर्ने जनाइएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया