नुवाकोटबाट राप्रपाको केन्द्रीय सदस्यमा ९ जनाको उम्मेद्धवारी

विदुर खबर २०७८ मंसिर १८ गते ९:१४

नुवाकोट । राप्रपाको जारी एकता महाधिवेशनमा नुवाकोटबाट केन्द्रीय सदस्यमा दिपक कुमार राई सहित ९ जनाले उम्मेद्धवारी दतौ गराएका छन् ।

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा नुवाकोटबाट केन्द्रीय सदस्य पदमा लामो समयदेखि राप्रपाको संगठन बिस्तारमा लाग्दै आयका भरत पाठक, जनकराज पाठक, फडिराज लोहनी (राजु) र सुन्दर पाण्डेले खुल्ला तर्फबाट आफ्नो उम्मेद्धवारी दर्ता गराएका छन् ।

त्यसैगरि खुल्ला महिला तर्फबाट नानिमैया आचार्यले उमेरद्वारी दर्ता गर्नुभएको छ । दिपक कुमार राई, अष्टमाया लामा, गंगा माया तामाङले जनजाति तर्फबाट उम्मेदवारी दर्ता गाराएका छन् । त्यसैगरि उत्पिडित वर्गको प्रतिनिधित्व गर्दै राजु परियारले आफ्नो उमेरद्वारी दर्ता गराएका छन् ।

Advertisement

राप्रपाको जारी माहाधिवेशनमा भोलि गोप्य मतदानको माध्यमबाट प्रतिनिधि छनोट हुने छन् ।

Advertisement

प्रतिक्रिया