रसुवामा कांग्रेसको वडा अधिबेशन सम्पन्न
रसुवा । रसुवामा नेपाली कांग्रेसको वडा अधिबेशन अधिबेशन सम्पन्न भएको छ ।

जिल्लाको पाँच वटा गाउँपालिकाको २७ वटै वडामा कांग्रेसको वडा अधिबेशन अधिबेशन सम्पन्न भएको नेपाली कांग्रेसका रसुवाका सभापती पेम्बा छिरिङ तामाङले बताए ।
जिल्लाको क्रियाशिल सदस्यता विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिबेशन आइतबार देखि सुरु भएको थियो ।
जिल्लाको २६ वटा वडामा सर्वसम्मतीबाट नेतृत्व चयन भएका छन् भने उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ मा भने मतदान प्रक्रिया बाट नेतृत्व गरिएको छ । वडा अधिबेशन सम्पन्न भएसँगै अब पालिका अधिबेशन हुने सभापती तामाङले बताए ।
जिल्लामा नेपाली कांग्रेसको वडा अधिबेशन सम्पन्न गराउनका लागि केन्द्रबाट तोकिएर आएका निर्वाचन अधिकृत सुमन कुमार केसी र सहायक निर्वाचन अधिकृत जनक सिंह साउद खटिएका छन् । उनीहरुले अधिबेशन सम्पन्न गराउनका लागि जिल्लाको २७ वटै वडामा शिक्षक संघका शिक्षकहरुलाई अधिकृतको रुपमा खटाएका छन् ।
आज कार्तिक ३० गते नेपाली कांग्रेस रसुवाको पालिका अधिबेशन तोकिएको थियो । तर सबै वडाको अधिबेशन सम्पन्नको डकुमेन्ट आइनपुगेको निर्वाचन अधिकृत सुमन कुमार केसीले बताए । सबै वडामा नेतृत्व चयनको डकुमेन्ट प्राप्त भए पश्चात पालिका अधिबेशनका लागि प्रक्रियामा जाने केसीले बताए । ‘केहि वडाको नेतृत्व चयन भएका पदाधिकारीको वर्जिनल डकुमेन्ट आइपुगेको छ, अधिकांश वडाको आउन बाकि छ, उनले भने, सबै वडाको डकुमेन्ट आएपछि मात्र पालिका अधिबेशन सुरु हुन्छ,
वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यहरूको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद भएको थियो । शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुन समाबेश गराएसँगै विवाद समाधान भएको थियो । र आइतबार वडा अधिबेशन सुरु भएको थियो ।
निर्वाचन अधिकृत केसीका अनुसार जिल्लामा नेपाली कांग्रेसको ३ हजार ९ सय ६४ क्रियाशिल सदस्य रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ





प्रतिक्रिया