नुवाकोटले मकवानपुरलाई ६ विकेटले हरायो

विदुर खबर २०७८ कार्तिक २९ गते १९:२३

नुवाकोट । काठमाण्डौमा जारी वाइवाई अण्डर १९ बाग्मति प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता अन्र्तगत नुवाकोटले मकवानपुरलाई ६ विकेटले हराएको छ ।

Advertisement

बाग्मति प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्र्तगत सोमबार मुलपानीमा भएको खेलमा नुवाकोटले मकवानपुरमाथि सानदार जित हासिल गरेको हो । खेलमा पहिले टस जितेर ब्याटिङमा उत्रिएको मकवानपुरले ३८ ओभरमा सबै विकेट गुमाउँदै एकसय १५ रन मात्र बनायो ।
मकवानपुरलाई सस्तैमा समेट्न नुवाकोटका रोशन अधिकारीले ६ ओभरमा २१ रन खर्चेर ४ विकेट हात पारे । यस्तै अशोक पौडेलले ८ ओभरमा दुई मेडेनसहित १५ रन दिएर ३ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको नुवाकोटले २३.१ ओभरमा ४ विकेट गुमाएर एकसय २१ रन बनाएको नेपाल क्रिकेट संघ बाग्मति प्रदेशका सदस्य अनुजमान श्रेष्ठले जानकारी दिए । नुवाकोटलाई जित दिलाउन कप्तान अमिक कुमालले ४८ वलमा २८ रन बनाएका थिए भने अमृत थापाले ३२ बवलमा २४ रन बनाए ।

Advertisement

यस्तै अशोक पौडेलले १५ वलमा २३ रनको योगदान दिए । खेदमा अलराउन्ड प्रर्दशन गरेका नुवाकोटका अशोक पौडेल नै म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगितामा पहिलो जित हात पारेको समुह बि को नुवाकोट दुई अंकसहित समुहको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा भत्तपुरसँग ६९ रनको पराजय भोगेको नुवाकोटको सेमिफाइनल प्रवेश गर्ने वलियो संभावना रहेको छ ।

Advertisement

बाग्मति प्रदेशका ६ जिल्ला सहभागि भएको प्रतियोगिता मंसिर २ गतेसम्म संचालन हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

प्रतिक्रिया