रसुवामा जनगणनाको लागि ७८ जना गणक खटिए

विदुर खबर २०७८ कार्तिक २६ गते १९:२१

रसुवा। रसुवामा राष्ट्रिय जनगणनाको लागि ७८ जना गणक खटिएका छन् ।

Advertisement

जिल्लाको आमाछोदिङ्मोमा १०, गोसाइँकुण्डमा १८, कालिकामा १५, उत्तरगयामा १७ र नौकुण्ड गाउँपालिकामा १८ जना गणक खटिएका जिल्ला जनगणना कार्यालय रसुवाले जनाएको छ ।

जनगणनाको लागि यसअघि घरपरिवार सूचीकरण गरिसकेका छन् । गणनाको लागि सम्पूर्ण कार्यक्षेत्रमा आवश्यक सामाग्री सहित गणकहरु खटाइएको जिल्ला जनगणना अधिकारी कपिल धितालले बताए ।

Advertisement

परिवारमा अक्सर बसोवास गर्ने महिला पुरुषको संख्या, स्वदेश भित्रै तर अन्यत्र बस्नेको संख्या र विदेश भएकाको संख्याको साथै विदेश रहेकाको थप विवरण लिइने छ ।

कोही नछुट्ने र कोही नदोहोरिने गरी गणनामा खटिने गणक कर्मचारीहरुलाई आफ्नो सत्य तथ्य विवरण टिपाउन कार्यालयले आग्रह गरेको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म सञ्चालन हुँदैछ ।

Advertisement

प्रतिक्रिया