लिखुमा आयोजित खुल्ला दौडको उपाधि सन्तोष र सृजनालाई

विदुर खबर २०७८ कार्तिक १६ गते २१:२५

नुवाकोट । लिखु गाउँपालिकामा आयोजित खुल्ला दौड प्रतियोगिताको उपाधि पररुषतर्फ कालिकोटका सन्तोशनाथ योगि र महिलातर्फ सोलुखुम्बुकी सृजना कुलुङ राईले हात पारेकी छिन् ।

Advertisement

जनता समाजवादी पार्टी लिखु गाउँपालिकाद्धारा आयोजित प्रतियोगिताको पुरुषतर्फ दोस्रो स्थान गोरखाका निरज भट्ट र नुवाकोटका निरज राईले तेस्रो स्थान हात पारेका छन ।

यस्तै महिलातर्फ काठमाडौंकी सरिता रम्तेल र तेस्रो पनि काठमाडौंकै सोनु घतानी भएकी छिन् ।

Advertisement

प्रतियोगिताको उद्घाटन नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. भिम लाल तामाङ जसपा नुवाकोटका अध्यक्ष इश्वरकुमार राउत , राष्ट्रिय कृतिमानी धावक बैकुण्ठ मानन्धर , लिखु गाउँपालिकाका अध्यक्ष अध्यक्ष धुब्र श्रेष्ठ लगायत प्रतियोगिताको उद्घाटन संयुत्त रुपमा गरेका थिए ।

प्रतियोगितामा सहभागि हुन देशभरबाट रााष्ट्रिय धावकहरुको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया