मध्य भोटेकोशीको शेयर शुक्रबार बाँडफाँट हुने

विदुर खबर २०७८ कार्तिक १० गते २१:५०

नुवाकोट ।मध्य भोटेकोशी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ ।

Advertisement

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे बाँडफाँट हुने भएको हो ।

कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारण्ढाको लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

Advertisement

निष्काशन गरिएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणको लागि वितरण हुनेछ ।

पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको बाट माग गरिएको भन्दा ४.१९ गुणा बढी हो ।

Advertisement

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको शेयर शेयर वितरण हुनेछ । त्यस अनुसार ८ लाख १९ हजार जनाले १० कित्ता शेयर पाउनेछन् ।

बाँकी १५ लाख ७४ हजार ४२८ जना आवेदकले शेयर नपाउने देखिन्छ ।

प्रतिक्रिया