नेकपा एमाले विदुर ३ को अध्यक्षमा अधिकारी

विदुर खबर २०७८ कार्तिक ६ गते २१:४५

नुवाकोट । (नेपाल कम्युनिस्ट पार्टी) नेकपा एमाले बिदुर नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा राजेन्द्र अधिकारी चयन भएका छन् ।

Advertisement

शनिवार भएको पहिलो वडा अधिवेशनले अधिकारीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचन गरेको नेकपा एमाले नुवाकोटका युवा नेता प्रदिप घिमिरेले जानकारी दिए ।

यस्तै अधिबेशनले उपाध्यक्षमा मैना दाहाल रिमाललाई चयन गरेको छ भने सचिवमा हरिबहादुर खड्कालाई जिम्मा दिएको छ ।

Advertisement

त्यस्तै सह–सचिवमा श्रीकृष्ण अधिकारी र टेकनाथ अधिकारी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यस्तै सदस्यहरुमा लोकनाथ अर्याल, देव रञ्जित, दिपवहादुर रिमाल, भिमप्रसाद रिमाल, तारानाथ अर्याल र मंगलदास श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement

यस्तै अन्य सदस्यहरुमा कृष्णवहादुर विक, सुरथ भुजेल, कुशुम विक, नारायण रिमाल सन्तोष भुजेल, ठाकुरप्रसाद अर्याल र प्रज्वल नेपाल रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा देवप्रसाद रिमाल , सुरेन्द्र भुजेल, कृष्णलाल श्रेष्ठ, कविता धिताल, रामवहादुर राई, सावित्री राई, पुस्कर अधिकारी र सार्कीवहादुर राई रहेका छन् ।

प्रतिक्रिया