स्कटल्यान्डकाे लगातार दाेस्राे जित

विदुर खबर २०७८ कार्तिक ३ गते ६:४५

नुवाकोट । आईसीसी विश्व कप टी–२० क्रिकेटमा स्कटल्यान्डले लगातार दाेस्राे जित निकालेकाे छ ।

Advertisement

मङ्गलवार ओमानकाे अल अमिरात मैदानमा भएकाे खेलमा स्कटल्यान्डले पपुवा न्यु गिनी (पीएनजी) लाई हराएकाे हाे । स्कटल्यान्डसँग १७ रनले पराजित भएसँगै पीएनजी अघिल्लो चरणमा जानबाट लगभग रोकिएको छ ।

स्कटल्यान्डले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको पीएनजी तीन बल बाँकी रहँदै एक सय ४८ रनमा अलआउट भयो । उसका नर्मन भाउनले सर्वाधिक ४७ रन बनाए । स्कटल्यान्डका जोश डेभीले चार विकेट लिए ।

Advertisement

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले रिचि ब्रिङटनको सर्वाधिक ७० रन मद्दतमा एक सय ६५ रन बनाएको थियो । पीएनजीका काबु मोइराले चार विकेट लिए ।

जितसँगै स्कटल्याण्ड दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ ।

Advertisement

प्रतिक्रिया