नुवाकोट बस दुर्घटना : घाइतेको निःशुल्क उपचार गर्न सहमहामन्त्री महतको माग

विदुर खबर २०७८ कार्तिक १ गते १६:३९

नुवाकोट । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मनकामनामा भएको बस दुर्घटनाका घाइतेलाई निःशुल्क उपचार गर्न सरकारसँग अनुरोध गरेका छन्।

Advertisement

दुर्घटनाको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै उनले यस्तो माग गरेका हुन्।  दुर्घटनामा घाइते हुनुभएका सबै यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारसँग अनुरोध गर्दछु,’ उनले भनेका छन्।

त्यस्तै, महतले विगत केही समययता नेपालमा दिनहुँ भइरहेका सवारी दुर्घटनालाई मूल्यांकन गरेर सवारी सञ्चालनमा केही सुधारको आवश्यकता रहेको औँल्याएका छन्।

Advertisement

उनले सवारी दुर्घटना रोक्न सरकार, ट्राफिक प्रहरी, स्थानीय प्रशासन, सवारीधनी, चालक तथा सहचालक र यात्रुहरू सबैलाई सजगता र सावधानी अपनाउनसमेत अनुरोध गरेका छन्।

प्रतिक्रिया