साफमा इतिहास रचेर आइपुग्यो राष्ट्रिय फुटबल टोली
नुवाकोट । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलोपटक फाइनलमा पुगेर इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्किएको छ।

टोली आज बिहान हवाईजहाजबाट त्रिभुवन विमानस्थलमा ओर्लेको हो। साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। तर फाइनलमा भारतसँग ३–० ले हारेपछि उपाधिको इतिहास रच्ननेपाल असफल भयो।
साफ च्याम्पियनसिपका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो। कतारमा मैत्रीपूर्ण खेल र अभ्यासपछि टोली असोज ११ गते मालदिभ्स पुगेको थियो।
साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक लगातार दुई खेल जितेको थियो। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो। तेस्रो खेलमा भने भारतसँगै १–० ले हारेको नेपाली टोलीले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै पहिलोपटक साफको फाइनलमा पुगेको थियो।

अहिले स्वदेश फर्किएकाे फुटबल टोलीमा मुख्य प्रशिक्षक अब्ब्दुल्लाह अलमुताइरी र रोहित चन्द भने छैनन्। मुख्य प्रशिक्षक अलमुताईरीले बगंलादेशसँगको खेलपछि नै नेपाल नर्फिकने भन्दै राजीनामा दिएका थिए भने इन्डोनेसियामा व्यावसायिक लिग खेलिरहेका रोहित उतैबाट जकार्ता गएका हुन्।
तर साफको फाइनलपछि अलमुताईरीले आफूलाई केही समयको विश्राम चाहिएको भन्दै पछि मात्रै यस विषयमा निर्णय लिने बताएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













१० केजी गाँजासहित एक जना पक्राउ
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
विद्यार्थीहरूलाई पोसाक वितरण





प्रतिक्रिया