आईपीएल उपाधि चेन्नईलाई फाइनलमा कोलकाता पराजित
नुवाकोट । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ ।

गएराति दुबई इन्टरनेशनल स्टेडियममा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै तीनपटकको विजेता चेन्नईले चौथोपटक ट्रफी उचाल्यो । चेन्नई यसअघि २०१०, ०११ र ०१८ मा विजेता बनेको थियो ।
दुबई इन्टरनेशनल स्टेडियममा टस गुमाएर ब्याटिङको निम्तो पाएको चेन्नईले ३ विकेटको क्षतिमा १९२ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो । फाफ डुप्लेसिसले सर्वाधिक ८६ रन जोडे । मोइन अलीले ३७, रुतुराज गायकवाडले ३२ रन जोडे ।
१९३ रनको लक्ष्य पछ्याएको कोलकाता ९ विकेटको क्षतिमा १६५ रनमा समेटियो । २७ रनले उपाधि गुमायो । कोलकाताले राम्रो सुरुवात गरे पनि मध्यतिर लय गुमायो । कोलकाताका लागि शुभमन गिलले सर्वाधिक ५१ रन बनाए । वेंकटेश अय्यर ५० र शिभम माभी २० रनमा समेटिए । अरुले दोहोरो अंक जोड्न सकेनन् ।
प्रतियोगितामा चेन्नईका युवा ओपनर रुतुराज गायकवाडले यो सीजनमा ओरेन्ज क्याप जिते । उनी सबैभन्दा कम उमेरमा ओरेन्ज क्याप जित्ने खेलाडी बने । रुतुराजले १६ खेलमा ४५.३६ को औसतका साथ ६३५ रन बनाए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया