नुवाकोट युनाइटेड सि डिभिजनमा छनौट हुन सकेन

विदुर खबर २०७८ असोज २५ गते २०:२१

नुवाकोट । नुवाकोटको नुवाकोट युनाइटेड फुटवल क्लब सि डिभिजनमा छनौट हुन असफल भएको छ ।

Advertisement

सोमवार भएको फाइनलमा नुवाकोट युनाइटेड फुटवल क्लब रानिबन स्पोट्र्स क्लबसँग झिनो गोल अन्तरले पराजित हुदै वाहिरिएको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रानिबन स्पोट्र्स क्लबले खेलको अन्तिम समयमा एकमात्र गोल गर्दा नुवाकोट युनाइटेड फुटवल क्लब स्तब्ध बनेको थियो ।

Advertisement

त्यसपछि खेलमा कुनैपनि टिमले गोल गर्न नसक्दा नुवाकोट युनाइटेड सि डिभिजनमा छनौट हुन असफल भएको हो । नुवाकोटे दर्शकले निकै चासोको रुपमा लिएको फाइनल खेल हेर्न नुवाकोटबाट धेरै दर्शक काठमाण्डौ पुगेका थिए ।

नुवाकोट युनाइटेडले समूह चरणको पहिलो खेलमा गोर्कर्णेश्वर फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दे सुखद शुरुवात गरेको थियो भने दोस्रो खेलमा अमरसिंह फुटबल क्लब २–१ गोल अन्तरले पराजित गरेको थियो ।

Advertisement

यस्तै दोर्सो चरणमा छोङ्गार्न फुटबल क्लबलाई टाईब्रेकरमा ४–५ गोल अन्तरले पराजित गर्दा सेमिफाइनलमा सत्य संसार रिले फुटबल क्लबलाई पनि टाईब्रेकरमै ३–४ गोल अन्तरले पाखा लगाउँदै फाईनल यात्रा तय गरेको हो ।

प्रतिक्रिया