रसुवागढी-केरुङ सुरुङमार्ग बन्ने सहमतिमै सीमित
नुवाकोट ।चिनियाँ राष्ट्रपति सी चिनफिनको नेपाल भ्रमणमा रसुवागढी–केरुङ नाका जोड्ने सुरूङमार्ग बनाउने विषयमा सहमति भए पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

२०७६ असोज २६ मा चिनियाँ राष्ट्रपति सी चिनपिङ नेपाल भ्रमणमा आएका बेला चिनियाँ पक्ष र नेपाल सरकारबीच टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेसी सुरुङमार्ग बनाउनका लागि सहमति भएको थियो । तर सहमति भएको २ वर्ष बितिसक्दा पनि यसबारे छलफल समेत हुन सकेको छैन ।
नेपाल–चीनबीच २० वटा विषयमा भएका द्विपक्षीय समझदारीमा यो सुरुङ निर्माण पनि परेको थियो । गल्छी–रसुवागढी सडकको स्तरोन्नतीको नेतृत्व लिइरहेको योजनाले प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो । सोही प्रतिवेदनका आधारमा नेपाल–चीनबीच सुरुङ निर्माण हुने सम्झौता भएको हो । एक किलोमिटर बराबर दुई अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
छिमेकी चीनसँग नेपालको पूर्वको ताप्लेजुङदेखि सुदूर पश्चिमको दार्चुलासम्मको झण्डै १ हजार १ सय ५० किलोमिटर लम्बाईमा सीमा फैलिएको छ ।
२६ भञ्ज्याङ र १ दर्जन वैकल्पिक नाका रहँदारहँदै पनि चीनसँगको आवतजावत भने सहज छैन । गएको जेठमा मात्रै तातोपानी नाका सञ्चालनमा आएको हो । भूकम्पका कारण बन्द रहेको यो नाका झण्डै ४ वर्षपछि सञ्चालनमा ल्याइएको हो ।
तातोपानी नाकाभन्दा संखुवासभाको किमाथांका र रसुवागढी केरुङ नाका चीनसँग आवतजावतका लागि बढी सहज रहेको सडक विभागका प्रवत्ता शिवप्रसाद नेपाल बताए । त्यसैले पछिल्लो समय चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला पनि चिनियाँ पक्षले रसुवागढी केरुङ नाका सञ्चालनका लागि बढी प्राथमिकता दिएको नेपालको भनाइ छ ।
चीन सरकारले काठमाडौबाट सहजरुपमा रसुवागढ केरुङ नाका पुग्नका लागि सुरुङमार्ग नै बनाइदिने सहमति गरेको हो । जसमध्ये काठमाडौं केरुङ सडकको टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेसी सुरूङ मार्ग बनाउने सहमति भएको हो । सहमतिसँगै सम्भाव्यता अध्ययनको तयारी गरिएको सडक विभागले पछिल्लो समय बताउँदै आएको थियो । तर, हालसम्म काम भने अघि ी नबढेको नेपालले जानकारी दिए ।
टोखा छहरे ४ किलोमिटर सुरुङ मार्गले काठमाण्डौको टोखा र नुवाकोटको छहरेलाई जोड्ने काम गर्छ । अहिले छहरे पुग्न गल्छी पुगेर नुवाकोट प्रवेश गर्दै घुमाउरो बाटो जानु पर्छ । सुरुङमार्ग बनेपछि भने झण्डै २ गुणाले सडक छोटो बन्ने सडक विभागको अध्ययनले देखाएको हो ।
यस्तै काठमाडौ रसुवागढी केरुङ मार्गको दोस्रो खण्डमा बन्ने सुरुङमार्गले बेत्रावती र स्याफ्रुबेसी जोड्ने छ । दोस्रो खण्डको बेत्रावती स्याफ्रुबेसी सुरूङमार्ग झण्डै १७ देखि २४ किलोमिटरसम्म लामो हुन सक्ने अध्ययनले देखाएको छ । बेत्रावती–रसुवागढी, छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमि सडक छोटिने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।
प्रारम्भिक अध्ययन भए पनि सम्भाव्यता अध्ययनलगायतका कामहरु भने २ वर्षसम्म पनि हुन नसकेको नेपालले बताए । दुबै सुरुङ निर्माण भएसँगै काठमाण्डौ चीनबीचको दूरी छोटिने छ ।
‘अहिलेको तातोपानी नाकाभन्दा सहजरुपमा नै आवतजावत गर्न सकिने र छोटो पनि हुने भएकाले यो सडक चीनको प्राथमिकतामा परेको चिनियाँ पक्षले बताउँदै आएको छ,’ नेपालले भने, ‘तर, सुरुङ मार्गको काम भने न चिनियाँ पक्षबाट नै अघि बढेको छ, न नेपाल पक्षबाट नै अघि बढ्न सकेको छ ।’
चीनले पनि केरुङ नाका जोड्न आफ्नोतर्फ फराकिलो सडक बनाइरहेको छ ।
नेपाल सरकार र चिनियाँ पक्षबीच भएको सहमतिअनुसार सम्भाव्यता अध्ययन गरेर निर्माणको काम छिट्टै हुनुपर्ने थियो । यसका लागि विभागले आवश्यक पर्ने छलफल अघि हालसम्म पनि बढाएको छैन् ।
सडक राम्रो नहुँदा यो नाका हुँदै हुने आयात निर्यात पनि निकै कम रहेको छ । तर यो सुरुङ मार्ग बन्न सकेमा पहिरोका कारण अवरुद्ध भइरहने समस्या समाधान हुने र आयात निर्यात पनि बढ्ने छ ।
सुरुङमार्ग निर्माण सकिएपछि बाह्रै महिना यो सडक सञ्चालनमा आउने भएकाले जतिसक्दो छिटो यो सुरुङमार्ग निर्माण गर्ने गरि काम अघि बढाइने विभागले बताउँदै आएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया