नुवाकोट युनाइटेड फुटबल क्लब दोस्रो चरणमा प्रवेश

नुवाकोट । नुवाकोटको नुवाकोट युनाइटेड फुटवल क्लब राजधानीमा जारी सहिद स्मारक सि डिभिजन लिग छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

बुधवार भएको खेलमा अमरसिंह फुटवल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै नुवाकोट क्लब दोस्रो चरणमा प्रवेश गरेको हो ।
खेलमा नुवाकोट युनाइटेड फुटबल क्लबको तर्फबाट रामकाजी कुमाल र साहिल नगरकोटिले गोल गरेका थिए ।
पराजित टोली अमरसिंह क्लबको तर्फबाट बिजय श्रेष्ठले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । खेलको म्यान अफ म्याच नुवाकोट युनाइटेड फुटवल क्लबका रामकाजी कुमाल घोसित भए ।

अघिल्लो चरण प्रवेश गरेको नुवाकोट युनाइटेड फुटवल क्लबले पहिलो खेलमा गोकर्णेश्वर फुटबल क्लबलाई २–० ले पराजित गर्दे शानदार शुरुवात गरेको थियो ।
दुई खेलबाट दुई नै जित निकाल्दै नुवाकोट युनाइटेड फुटवल क्लबले ६ अंक जोडेर समुह समुह वाईको शिर्ष स्थानमा रहदै दोस्रो चरणको यात्रा तय गरेको हो ।
अब दोस्रो चरणमा नुवाकोट युनाइटेड फुटवल क्लबले समुह युको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको बेलकोटगढीका तामाङ लागुऔषधको कारोबारमा समातिए
नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का





प्रतिक्रिया