रसुवामा मुख्य सिजनमै आएनन् पर्यटक

नुवाकोट । पर्यटकीय सिजन सुरु भइसक्दा समेत पर्यटकीय क्षेत्रहरूमा पर्यटक आउने क्रम अझै सुरु भएको छैन ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण सिजनमा पर्यटक नआएका हुन । गोसाइँकुण्ड मेला र त्यसपछिका दिनमा थोरै संख्यामा मात्रै नेपाली पर्यटक आएका थिए । पछिल्लो समय पर्यटकको आगमन घट्दै गएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
कोरोना सुरु हुनुभन्दा पहिले पर्यटकीय क्षेत्रहरूमा विदेशी तथा नेपाली पर्यटक आउने क्रम बढ्दै गएको थियो । निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि प्रत्येक वर्ष हजारा पर्यटक आउने गरेका छन् ।
निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् । साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् ।
असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन् । तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ ।
इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, वेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुरलगायतका देशका पर्यटक आउने गरेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका पर्यटन व्यवसायी बताउँछन् ।
जिल्लामा आएपछि लाङटाङ लगायतका एक दर्जन हिमश्रृङ्खला, गोसाइँकुण्ड लगायतका विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी पर्छ भने विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जनावर पनि देख्न सकिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया