रसुवामा थप ५ वटा कार्यालय राख्न प्रस्ताव

विदुर खबर २०७८ असोज ७ गते २०:३०

रसुवा । रसुवामा थप पाँच वटा कार्यालय राख्न प्रस्ताव गरिएको छ ।

Advertisement

देश संघीयतामा गएपछि खारेज भएका तथा जिल्लामा अतिआवश्यक रहेका ५ वटा कार्यालय थप गर्नका लागि प्रस्ताव गरिएको हो ।

हालै सम्पन्न छैठौं जिल्ला सभामा कृषि ज्ञान केन्द्र, पशु विज्ञ केन्द्र, सडक (यातायात) कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय र पर्यटन कार्यालय स्थापना गर्नका लागि बागमती प्रदेश सरकारमा अनुरोध गर्ने प्रस्ताव पेस गरिएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुल प्रसाद भट्टले बताउनुभयो ।

Advertisement

हाल जिल्लामा यी कार्यालय नहुँदा रसुवाबासीले समस्या भोग्दै आएका छन् । कृषि, पशु र सडक सम्बन्धी कार्यालय नुवाकोटमा रहेको छ भने खानेपानी सम्बन्धी कार्य धादिङबाट हुँदै आएको छ ।

संघीयता आउनुपूर्व कृषि, पशु र खानेपानी कार्यलयको कार्यालय रसुवामा नै थियो ।

Advertisement

प्रतिक्रिया