हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला टोली
विदुर खबर
२०७८ असोज ५ गते ९:२६
नुवाकोट । एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत नेपाली टोलीले आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दै छ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ। एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब छ।
समूह एफमा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो। यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
नेपालले यस अघि हङकङविरुद्ध दुई खेल खेलेको थियो। दुबै खेलमा नेपालले हार व्यहोरेको थियो।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नेपाली कांग्रेस विदुरको मोटरसाईकल र्याली सम्पन्न
नुवाकोट २ मा मेरो जित निश्चित भइसक्यो : केसी
नुवाकोटको किस्पाङमा कांग्रेसका एकसयभन्दा बढी कार्यकर्ताले पार्टी छाडे
पौडी खेल्न गएका रिवजको शव त्रिशुली नदिमा फेला
धादिङमा चट्याङ लागेर एकको मृत्यु, २ घाइते





प्रतिक्रिया