सन्दीपले बनाए नयाँ कीर्तिमान
नुवाकोट । पपुवा न्यूगिनी (पीएनजी) सँगको खेलमा नेपाली टिमका स्पिनर सन्दीप लामिछानेले महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।
उनले पीएनजीसँगको दोस्रो एकदिवसीय म्याचमा बलिङ प्रदर्शनमा महत्वपूर्ण उपलब्धि हासिल गरेका हुन् । अब सन्दीप विश्व क्रिकेटको एकदिवसीय प्रारूपमा एक म्याचमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने १४औँ बलर बनेका छन् ।
पीएनजीसँगको म्याचमा शुक्रबार उनले ५.१ ओभरमा ११ रन दिएर ६ विकेट लिए । वानडे करियरमा उनको यो हालसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।
यसअघि सन्दीपले यो प्रारूपमा १७ रन दिएर ६ विकेट लिएका थिए । अब सन्दीपभन्दा अगाडि भारतीय टिमका पूर्वअलराउन्डर स्टअर्ट बिन्नी छन् ।
उनले यो प्रारूपमा सन् २०१४ मा बंगलादृेशविरुद्ध ४ रन दिएर ६ विकेट लिएका थिए । बिन्नीभन्दा पछि भए पनि सन्दीपले भारतीय टिमका महान् बलर अनिल गुम्बलेसहित धेरै खोडीलाईलाई पछि पारेका छन् ।
सन्दीपले कुम्बलेसहित श्रीलंकाका अजन्था मेन्डिस, अष्ट्रेलियाका गैरी गिलमोर, पाकिस्तानका पूर्वकप्तान तथा वर्तमान प्रधानमन्त्री इमरान खान, श्रीलंकाका फरवीज महारूफ, वेष्ट इण्डिजका कोलिन क्रफट, पाकिस्तानका सोयब अख्तर र दक्षिण अफ्रिकाका कागिसो रबाडालाई पछि पारेका हुन् ।
यी ८ बलरले ६ विकेट लिएका भए पनि रन भन सन्दीपको भन्दा बढी खर्चिएका थिए । एकदिवसीय क्रिकेटमा एक इनिङ्समा सबैभन्दा उत्कृष्ट बलिङ गर्ने रेकर्ड भने श्रीलंकाका चमिन्डा भासको नाममा छ । उनले सन् २००१ म जिम्बाब्वेविरुद्ध १९ रन दिएर ८ विकेट लिएका थिए ।
यो सूचीको दोस्रो स्थानमा शाहिद अफ्रिदी, चौथोमा ग्लेन मेकग्राथ पाँचौमा एन्डी बिकेल, छैटौँमा मुथैया मुरलीधरण, सातौँमा टिम साउथी, आठौँमा ट्रेन्ट बोल्ट, नवौँमा वकार यूनिस, दशौँमा आकिव जावेदको नाम आउँछ ।
एक पारीमा सर्वाधिक विकेट लिने सूचीको ११औँमा विन्सटन डेविस र १२औँमा इमरान ताहिर छन् । यी १२ बलरले एक इनिङ्समा ७/७ विकेट लिएका छन् ।
यो सूचीको १३औँमा स्टअर्ट बिन्नी र १४औँ सन्दीप लामिछाने पर्छन् ।
वानडेको एक म्याचमा सर्वाधिक विकेट लिने १६ बलर :

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया