अखिल क्रान्तिकारी रसुवाको अध्यक्षमा प्रविण घिमिरे

विदुर खबर २०७८ भदौ १९ गते २१:१४

रसुवा । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रसुवाको ११ औं सम्मेलन शनिवार सम्पन्न भएको छ ।

Advertisement

सम्मेलनले प्रविण घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि सर्वसहमत रुपले गठन गरेको छ ।

कमिटी उपाध्यक्षमा खामसुङ तामाङ.र फुर्पा तामाङ रहेका छन् भने सचिवमा दिपक सापकोटा निर्वाचित भएका छन् ।

Advertisement

यस्तै सहसचिव कुलप्रसाद रसाईली र भुबन थापामगर चयन हुँदा कोषाध्यक्षको जिम्मा डोल्मा तामाङलाई दिइएको अखिल क्रान्तिकारी रसुवाले जानकारी दिएको छ ।

प्रतिक्रिया