कांग्रेस सभापति बन्न रसुवामा ४ जनाको दाबी

विदुर खबर २०७८ भदौ १९ गते २०:३४

रसुवा । कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रको मात्रै होइन, जिल्ला नेतृत्वका लागि पनि कसरत सुरु भएको छ ।

Advertisement

जल्ला–जिल्लामा अधिवेशनको सरगर्मी छाएको छ । यस्तै महाधिवेशनले हिमाली जिल्ला रसुवा पनि गर्माएको छ । केन्द्रमा बन्ने समीकरण टुंगो लागिनसकेका कारण जिल्लामा कुन दाबेदार बलियो र कस्तो समीकरण बन्ने अझै अनिश्चित छ ।

रसुवामा सभापतिको लागि ४ जनाले दाबी गरिरहेका छन् । जिल्ला सभापति पेम्बाछिरिङ तामाङ र उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल देउवा समूहको उम्मेदवार बन्ने दौडमा छन । पूर्वसभापति लामाकार्पु तामाङ र प्रदेश सांसद प्रभात लामा पौडेल समूहबाट आकांक्षी छन ।

Advertisement

केन्द्रीय सभापतिका आकांक्षीहरूले आफ्नो पक्षमा माहोल बनाउन आफूनिकट नेताहरूलाई जिल्ला–जिल्लामा परिचालन गरेका छन  । जिल्लामा सभापति र महाधिवेशन प्रतिनिधिमा आफ्नो पकड बढाउन उनीहरूको निर्देशन छ ।

तर, केन्द्रमा जस्तै जिल्लामा पनि हरेक समूहमा सभापतिका आकांक्षी धेरै छन् । हरेक जिल्लामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला समूह छन् ।

Advertisement

 

प्रतिक्रिया