बार्सिलोनाको दोस्रो जित, एथ्लेटिको म्याड्रिड रोकियो
नुवाकोट । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पार्दा साविक विजेता एथ्लेटिको म्याड्रिड भने रोकिएको छ ।
आइतबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा गेटाफेलाई दुई-एक गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो । बार्सिलोनाकाे जितमा सेर्जी रोबर्टो र मेम्फिस डिपाएले एक-एक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले सान्त्वना गोल गरे ।
खेलको दोस्रो मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। १८ औँ मिनेटमा सान्ड्रोले गोल गर्दै गेटाफेलाई एक-एक गोलको बराबरीमा ल्याए । ३० औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।
जितसँगै बार्सिलोनाले तीन खेलमा सात अंक जोडेको छ । बार्सिलोना चौथो स्थानमा रहेको छ । गेटाफेको यो लगातार तेस्रो हार हो । गेटाफेले अंक जोड्न सकेको छैन ।
यस्तै, आइतबार राति भएको अर्को खेलमा साविक विजेता एथ्लेटिको म्याड्रिड भिल्लारियलसङ दुई-दुईको बराबरीमा रोकिएको हो ।
भिल्लारियलको लागि मानु ट्रीगुएरोस र अर्नाउट दान्जुमाले एक-एक गोल गरे । एथ्लेटिकोको लागि लुइस सुवारेज गोल गर्दा भिल्लारियलका ऐसा मान्दीले आत्माघाती गोल गरे ।
बराबरीमा रोकिएको एथ्लेटिकोको तीन खेलबाट सात अंक छ । एथ्लेटिको तालिकाको पाचौँ स्थानमा छ । भिल्लारियल भने समान खेलबाट तीन अंक सहित ११ औँ स्थानमा छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया