सत्तामा टिक्न पार्टी परिवर्तन गर्दिनँ : मुख्यमन्त्री शाक्य
नुवाकोट । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू सत्तामा टिक्नकै लागि पार्टी परिवर्तन नगर्ने बताएकी छन् ।
नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर नयाँ दल बनेपछि शाक्यको सरकार अल्पमतमा पर्ने प्राय निश्चित भएको छ । यस्तो अवस्थामा उनले सरकार जोगाउनकै लागि कित्ता परिवर्तन नगर्ने बताएकी हुन् ।
१ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा एमालेको सभामुखसहित ५६ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । तर, आधा दर्जनभन्दा बढी सांसदहरु एमाले विभाजन भएर नवगठित नेकपा (एकीकृत समाजवादी) मा संलग्न भएपछि शाक्यको पद धरापमा परिसकेको छ ।
यस्तो अवस्थामा मुख्यमन्त्रीको पद जोगाउन शाक्यलाई दल परिर्वतन एक विकल्प हुनसक्छ । तर, उनले राजनीतिक जीवनमा धेरै विषय त्यागेर पार्टी निर्माण गरेको बताउँदै सत्ताका लागि पार्टी परिवर्तन नगर्ने बताएकी हुन् ।
‘मैले एमाले पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरेको छु । दल परिर्वतन गर्ने मनस्थितिमा छैन । सरकार ढल्छ भन्ने पनि चिन्ता छैन । मुख्यमन्त्री जोगाउन पार्टी परिवर्तन गर्दिन । त्यो काम मबाट हुँदैन,’ उनले भनिन्, ‘पद पाएपनि नपाएपनि यही पार्टीमै रमाउँछु । दायाँ–बायाँ गर्दिन ।’ शाक्यले आफ्नो फरक मत एमालेमै राख्ने र वैचारिक संघर्ष गरिरहेन बताइन् ।
‘मैले २०२८ सालबाट समर्पण, त्याग र नैतिकताको राजनीतिक गरेको हुँ । पद र सत्ताको लागि राजनीति गरेको होइन । म फुटको पक्षमा छैन । नयाँ पार्टीमा हसताक्षर गर्न सक्दिन । मैले यस विषयमा माधवकुमार नेपाललाई जानकारी गराइसकेको छु,’ उनले भनिन् ।
शाक्यले एकहप्ताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने समेत बताइन् ।
‘पार्टीलाई एकताका लागि मैले मुख्यमन्त्रीको पद समहालेको हुँ । एकताका लागि दबाब दिन एकहप्ता काठमाडौं बसेर हेटौंडा आइपुगेको छु । अब मन्त्रिपरिषद्ले पूर्णता पाउँछ । त्यसका लागि आन्तरिक छलफल सुरु गरिसकेको छु,’ मुख्यमन्त्री शाक्यले भनिन् । नेकपा एमालेकी उपाध्यक्ष शाक्य भदौ २ गते बहुमतको आधारमा मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् ।
एमाले भित्रको विवादको समयमा उनी तत्कालिन वरिष्ठ नेता माधव नेपाल समूहमा रहेकी थिइन् । एमाले औपचारिकरुपमा विभाजन हुने भएसँगै तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिँदै शाक्यलाई अगाडि सारेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया