रसुवामा रेडक्रसले प्रशासनलाई दियो विपद प्रतिकार्य सामग्री

विदुर खबर २०७८ भदौ १० गते २०:४१

रसुवा । रसुवामा विपद प्रतिकार्यका लागि जिल्ला आपतकालीन कार्य संचालन केन्द्रलाई सामाग्री प्रदान गरिएको छ ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले विपद प्रतिकार्यका लागि जिल्ला आपतकालिन कार्य संचालन केन्द्रलाई अत्यावश्यक सामाग्री प्रदान गरेको हो ।

बिहीवार सदरमुकाम धुन्चेमा एक कार्यक्रमका बिच रेडक्रस जिल्ला शाखाका सभापति बाबुलाल तामाङले प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकाललाई विपद प्रतिकार्य सामग्री हस्तान्तरण गरे । विपदको समयमा प्रयोग हुने २९ प्रकारका सामाग्री हस्तान्तरण गरिएको रेडक्रस जिल्ला शाखाका कार्यक्रम संयोजक सूर्यविक्रम गोलेले बताए ।

Advertisement

उनका अनुसार अमेरिकन रेडक्रसको आर्थिक सहयोगमा संचालित प्रिपियर परियोजनाअन्तर्गत २ लाख ७ हजार ७ सय २२ रुपैयाँ २५ पैसा मुल्य बराबरको विपदमा प्रयोग हुने सामाग्री प्रदान गरिएको हो ।

सेफ्टि हेलमेट २० पिस, रेनकोट १५ सेट, सेफ्टी गम बुट २५ थान, पन्जा २० थान, टर्च १५ पिस, सिठ्ठी १० पिस, सेफ्टी चश्मा १५ पिस, निक्याप ३० थान, स्टिल बकेट १० पिस, लाइफ ज्याकेट ५ पिस, हम्मर ६ पिस, छिनो ५ पिस, पिक ५ पिस, बेल्चा ५ पिस, प्रे बार २ पिस, क्रो बार २ पिस, ह्याक्सो २ पिस, प्राथमिक उपचारका सामाग्री बक्स एउटा, सेफटी भेष्ट ५ पिस, मेगाफोन १ सेट, वायर कटर १ पिस, ट्रयांक १ पिस, डोरी २ पिस, सेफ्टी थ्रो ब्याक २ पिस, हजार्ड टेप १ रोल, आल्मुनियम ल्याडर १ पिस, फायर हाइडोजन सिलिन्डर ५ वटा, ब्यागबोर्ड १ पिस प्रदान गरिएको जनाइएको छ ।

Advertisement

विपद प्रतिकार्य सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले आवश्यकताका आधारमा जिल्लामा प्रयोग गरिने बताए । उक्त सामाग्रीले विपद प्रतिकार्यमा सहयोग पुग्ने

प्रतिक्रिया