शिवपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्ट
विदुर खबर
२०७८ भदौ ८ गते २०:२४
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा ज्ञानेन्द्र भट्ट नियुक्त भएका छन् ।
मंगलबार गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नियुत्ती पाएका भट्टले आफ्नो कार्यभार समालेका छन् ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य सरुवा भएसंगै प्रशासनिक कार्य सहजताका लागि अशोक काफ्लेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको थियो ।
उनको पनि केहि दिनमै सरुवा भएसँगै गाउँपालिकाको शिक्षा शाखामा कार्यरत भट्टलाई प्रशासकीय अधिकृतमा मन्त्रालयले सिफारिस गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया