अवरुद्ध धुन्चे–स्याफ्रु सडकखण्डको अवरोध हटाउने कार्य शुरु

विदुर खबर २०७८ भदौ ८ गते ९:०२

रसुवा । रसुवामा सोमवार विहानदेखि अवरुद्ध भएको सडक संचालनको तयारी भइरहेको छ ।

Advertisement

सोमवाको परेको अविरल वर्षाको कारण जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ ठुलो भार्खुडाडामा सडकमाथीबाट पहिरो आई धुन्चे–स्याफ्रु सडकखण्ड पूर्ण रुपमा अवरोध भएको थियमे ।

अवरुद्ध सडक आज विहान ८ बजेदेखि सुचारु गर्न सडक डिभिजनको लोडर र स्काभेटर ल्याई पहिरो हटाउने काम शुरु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया