नेको इन्स्योरेन्सको नाफा १५ प्रतिशतले बढ्यो
नुवाकोट । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १५.५० प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ४६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै इन्स्योरेन्सको खुद बीमाशुल्क पनि २८.५३ प्रतिशतले बढेर १ अर्ब ६३ करोड २८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १ अर्ब २७ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २० करोड ३० लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट १५ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ।
चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७० करोड ५ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ५ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात ३२.८५ गुणा रहेको छ।
यस अवधिसम्ममा कम्पनीले ३ लाख २ हजार ७१२ वटा बीमालेख जारी गरी २ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
यस्तै, कम्पनीले ७ हजार ५२३ वटा दाबी बापत १ अर्ब ७ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६ हजार २३२ वटा दाबी बापत १ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कांग्रेस सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा
आजको मौसम : दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ





प्रतिक्रिया