नारायणप्रसाद खतिवडालाई म नेता मान्दिन : बद्री मैनाली

विदुर खबर २०७८ साउन २८ गते २१:५५
फाईल फोटो ।

नुवाकोट । नेकपा एमाले ओली समुहका जिल्ला अध्यक्ष बद्री मैनालीले नेकपा एमाले माधव नेपाल समुहका जिल्ला अध्यक्ष तथा सांसद नारायण प्रसाद खतिवडा नेता नै नरहेको बताएका छन् ।

Advertisement

विहिबार शिवपुरी गाउँपालिकाको सेराबगरमा आयोजित नेकपा शिवपुरी गाउँपालिका कमिटिको प्रारम्भिक बैठकलाई सम्बोधन गर्दै मैनालीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धोका दिएर खतिवडाले कांग्रेस सभापतिलाई प्रधानमन्त्रि बनाएको आरोप लगाए ।

उनले नेकपा नुवाकोटका जिल्ला अध्यक्ष तथा सांसद नारायण खतिवडाको नामै किटेर आफ्नै पार्टीका अध्यक्षलाई धोका दिएर, पार्टीको चुनाव चिन्ह सुर्यबाट चुनाव जितेर, मान्य हुने अनि आफै ठ्ला कुरा गर्न नसु्हाउने बताए ।

Advertisement

उनले पार्टी र जनतालाई धोका दिनेहरु उल्टै विधि र पद्धतिको कुरा गर्न आएको भन्दै आक्रोश व्यत्त गरे । उनले पार्टीको निर्णय विपरित अर्कैलाई भोट हाल्नेहरु उल्टै आँखामा आँखा जुधारर कुरा गर्न आएको भन्दै त्यस्ता व्यक्तिलाई लाज लाग्नुपर्ने बताए ।

पार्टीको निर्णय विपरित काम गर्नेहश्रलाई आफुहरुले नेता मान्न नसक्ने उनले बताए ।

Advertisement

हेर्नुहोस भिडियोमा मैनालीले के भने ?

 

प्रतिक्रिया