ककनी वडा नम्बर ७ मा एमालेको भेला सम्पन्न
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७ मा नेकपा एमालेको भेला सम्पन्न भएको छ ।
बुधवार सम्पन्न भएको भेलाले वडा संगठन कमिटीको ईञ्चार्जको जिम्मा पुष्कर बोगटी र सह–ईञ्चार्जको जिम्मा बलराम पाठकलाई दिइएको छ । यस्तै वडा संयोजकमा पुरूषोत्तम थपलिया,सह–संयोजकमा सरोज पाठक र सचिवको जिम्मा ललित तामाङ्गलाई दिइएको छ । गठन गरिएको वडा कमिटि २९ सदस्यीय रहेका छन् ।
यस्तै बुधवार नै भएको भेलाले ४१ सदस्यीय वडा युवा संघको कार्य समिति समेत चयन गरेको छ । चयन गरिएको वडा युवा संघको संयोजक दर्सन तामाङ्ग, सह–संयोजकमा शिव श्रेष्ठ र सचिवको जिम्मा राजकुमार थपलियालाई दिइएको छ ।
यस्तै भेलाले वडा अनेम संघको संयोजकमा ठुलिकान्छी तामाङ्ग, सह–संयोजकमा मैयाँ गुरूङ्ग र सचिबमा रिता बोगटी लाई चयन गरेको छ भने अखिल नेपाल किसान संघको संयोजकमा राजकुमार तामाङ्ग र सचिबमा नारायण बोगटीलाई चयन गरेको छ ।
कार्यक्रममा नेकपा एमाले नुवाकोटका जिल्ला अध्यक्ष एंव बागमती प्रदेश सांसद बद्री मैनाली, नेकपा एमालेका नेता चन्द्र रिजाल र एमाले नुवाकोटका सचिब काशीराज अधिकारी, नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर बलामी, पार्टी जिल्ला सचिवालय सदस्य तथा पञ्चकन्या ईञ्चार्ज दपक कार्की ,सचिवालय सदस्यरू श्याम पाठक, ककनी पार्टी अध्यक्ष जनार्दन अधिकारी, सचिब योगेन्द्र तामाङ्ग, युवा संघ ककनी संयोजक क.बिनोद लामा,युवा नेता अर्जुन पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस र माओवादी परित्याग गरेका २ दर्जन युवाहरु एमाले प्रवेश गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको बृहत् राष्ट्रिय भेलाबारे छलफल तथा अन्तरक्रिया सम्पन्न
घ्याङस्वाराको अर्ग्यानिक चियाको मूल्य ६ हजार
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने





प्रतिक्रिया