साफ च्याम्पियनशिप माल्दिभ्समा हुने
नुवाकोट । १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को सोमवार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।
यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गलादेशले कोभिड १९ सङ्क्रमणको कारण देखाउँदै साफ आयोजना गर्न नसक्ने जानकारी गराएपछि नयाँ आयोजकमा नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो ।
आजको बैठकले नेपालमा कोभिड १९ को अवस्थालाई ध्यान दिँदै साफ च्याम्पियनशिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो । १३ औँ साफमा नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले खेल्ने पक्का भइसकेको छ । भुटानले भने तीन दिनभित्र निर्णय दिने एन्फाले जनाएको छ ।
दुई/दुई वर्षमा आयाेजना हुने साफ च्याम्पियनशिप नेपालले दुई पटक आयाेजना गरेकाे छ । सन् १९९७ मा पहिलाे पटक साफ आयाेजना गरेकाे नेपालले दाेस्राे पटक २०१३ मा आयाेजना गर्दा सेमिफाइनलमा अफगानिस्तानसँग हारेकाे थियाे ।
च्याम्पियनशिपमा सात पटक उपाधि जित्ने भारत सबैभन्दा सफल देश हाे । नेपाल अहिलेसम्म च्याम्पियनशिपकाे फाइनलमा पनि पुगेकाे छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया