आन्दोलनको जगमा प्राप्त जनादेश माथि परमादेेशको रुपमा खुल्ला विदेशी हस्तक्षेप : आचार्य

विदुर खबर २०७८ साउन १७ गते २०:१४

नुवाकोट ।  राष्ट्रिय युवा सँघ नेपालका केन्द्रीय महासचिव रमेश आचार्यले जनादेश बाट निर्माण भएको केपि वलि नेतृत्वको नेकपा एमालेको सरकारलाई देशि विदेशि शक्तिहरुको आडमा सर्वोच्च अदालतको परमादेश मार्फत विस्थापित गराई नेपालमा निर्दलियताको अभ्यास गर्न खोजिएको बताउनु भएको छ।

Advertisement

राष्ट्रिय युवा सँघ नेपाल वेलकोटगढि नगर कमिटि द्वारा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महासचिव आचार्यले केपि वलि नेतृत्वको पुर्व सरकारले विकासमा नयाँ युगको सुरुवात गरिसकेकोले युवाहरुले साथ दिएको बताउनु भएको छ। उक्त कार्यक्रमलाई संबोधन गर्दै नेकपा एमाले नुवाकोट जिल्ला कमिटी सचिव काशिराज अधिकारीले नेपाली कम्युनिस्ट आन्दोलनको बिकसित स्वरुप नेकपा एमाले भएकोले यसको मुल प्रवाहमा नआउनेहरु चाडैनै समाप्त हुने बताएका छन्।

एक फरक प्रशंगमा कुरा राख्दै सचिव अधिकारीले माओवादीलाई मुल प्रवाहमा लेराउने प्रयत्न स्वरुप नेकपा निर्माण भएको तर प्रचण्ड लगायतलाई समग्र कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नु भन्दापनि सानो झुण्डमा रमाउने रहर पलाएकोले पुन नेकपा विभाजित भएको बताउनु भयो। कार्यक्रमलाई राष्ट्रिय युवा संघका केन्द्रीय कमिटि सचिवालय सदस्य राजु तिवारीले “देश पुजिवादमा प्रवेश गरिसकेको र अब कस्को नेतृत्वमा पुजीवादी क्रान्ति भन्नेमा गम्भीर मतभेद देखिएको कारण नेपाली राजनीति धमिलो भईरहेको बताएका छन् ।

Advertisement

कार्यक्रम लाई नेकपा एमाले वेलकोटगढि नगर कमिटी संयोजक नवराज तिवारी, प्रेस चौतारी केन्द्रका नेता माधव तिवारी, अनेरास्ववियु जिल्ला अध्यक्ष सत्य रिमाल, अनेरास्ववियुका नेता अभिशेक तमाङ्ग ले मन्तव्य राख्नु भएको थियोे। कार्यक्रममा राष्ट्रिय युवा सँघका केन्द्रीय सदस्य केदार थपलिया, राष्ट्रिय युवा संघ ककनि गाउँ पालिका अध्यक्ष विनोद लामा नेकपा एमाले नुवाकोट जिल्ला कमिटि सदस्यहरु प्रकाश सापकोटा, सुर्य तमाङ्ग, शंकर मुडवरी, सुनिल तमाङ्ग, सुमन गुरुङ्ग, लोक बहादुर तमाङ्ग अनेरास्ववियु जिल्ला कमिटी सचिव प्रशान्त जंग पाण्डे कार्यालय सदस्य प्रदिप नेपाल, अच्युत धमला लगायतको उपस्थिति रहेको राष्ट्रिय युवा सँघ वेलकोटगढि नगर कमिटि सचिव दामोदर पुडासैनीले जानकारी दिनुभयो।

उक्त प्रशिक्षण कार्यक्रममा नगरपालिकाको प्रत्येक वडाबाट ५/५ जनाका दरले ६५ जना र अन्य २१ जना गरि ८६ जना प्रशिक्षार्थीको सहभागिता रहेको सचिव पुडासैनीले जानकारी दिनुभयो।

Advertisement

प्रतिक्रिया